PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

निःशुल्क भएपछि अस्पतालमा मिर्गौला रोगीको चाप: मेडिकल कलेजमा हरेक दिन ३८ जनाको डायलाइसिस



पहिलोपोस्ट

निःशुल्क भएपछि अस्पतालमा मिर्गौला रोगीको चाप: मेडिकल कलेजमा हरेक दिन ३८ जनाको डायलाइसिस

काठमाडौं: मृगौलाका बिरामीहरूलाई आवश्यक पर्ने सम्पूर्ण डायलाईसिस निःशुल्क गरेपछि अस्पतालहरूमा बिरामीहरूको चाप बढेको छ। केही समय यता नेपाल मेडिकल कलेज जोरपाटीमा पनि डायलाईसिस गराउने बिरामीहरूको संख्या बढेको छ। 

नेपाल मेडिकल कलेज जोरपाटीमा अहिले १ सय २ जनाले नियमित रूपमा डायलाईसिस गराइरहेका छन्। डायलाईसिस युनिटकी इन्चार्ज उषा कार्कीका अनुसार नियमित १ सय २ जना डायलाईसिसका बिरामी रहेपनि कहिले काहीँ ईमजेन्सी केसहरू आउने भएकाले केही सङख्या बढ्न पनि सक्छ। 

तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाको निर्देशनमा मन्त्रालयले आवश्यकता अनुसारको डायलाईसिस निःशुल्क गर्न आग्रह गरेको थियो। त्यसयता सबै अस्पतालमा डायलासिस गराउनेको सङख्या बढेको छ।
     
कार्कीका अनुसार बिरामीले मृगौला प्रत्यारोपण नगर्दासम्म हप्तामा तीन पटक डायलाईसिस गर्नुपर्छ। डायलाईसिस गर्दा हरेक पटक २५ सय रुपैयाँ लाग्छ। हप्ताको तीन पटक र प्रत्येक पटक २५ सय रुपैयाँका दरले डायलाईसिसका लागि मात्रै हरेक हप्ता कम्तीमा ७५ सय रुपैयाँ खर्च लाग्ने भएपछि सरकारले सेवा निःशुल्क गरेको हो।

बिरामीको सहजताका लागि नेपाल मेडिकल कलेजले दिनमा तीन सिफ्ट गरेर डायलाईसिस सेवा दिएको छ। हालसालै ल्याएका जर्मनीका १४ र जापनिज २ वटा मेसिनबाट सेवा दिएको कार्कीले बताइन। उनले अवस्था हेरेर हरेक दिन ३८ जनाको डायलाईसिस हुँदै आएको बताइन। 

बिरामीलाई कुनै पनि संक्रमण नहोस् भनेर कलेजले नयाँ उपकरणको प्रयोग गरी सेवा दिएको कार्की बताउछिन। उनका अनुसार बिरामीको चाप बढेको छ उपकरण कम छ। बिरामीको चापलाई ध्यानमा राखेर उपकरण थप्न सके अझै सेवालाई प्रभावकारी बनाउन सकिने उनको तर्क छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell