PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपाली भाषी बर्मेली कुमार कार्कीको ‘जीवन संघर्ष’ सार्वजनिक



पहिलोपोस्ट

नेपाली भाषी बर्मेली कुमार कार्कीको ‘जीवन संघर्ष’ सार्वजनिक

काठमाडौं: थाईल्यान्डका कुमार कार्कीको आत्मकथा ‘जीवन संघर्ष’ लोकार्पण भएको छ। संस्कृतिविद सत्यमोहन जोशीको प्रमुख आतिथ्यम पुस्तक सर्वजनिक गरिएको हो। नेपाली भाषी बर्मेली रहेका उनको यो पहिलो पुस्तक हो। पुस्तकमा उनले पितृभूमी भन्ने नेपालबाट बर्मासम्मको, बर्मादेखि थाईल्यान्ड र थाईल्यान्डबाट पुन: नेपालसम्मको जीवनकथा प्रस्तुत गरेका छन्।

थाई नेपाली संघका अध्यक्ष रहेका कुमार कार्कीले कार्यक्रममा नेपाली भाषाप्रतिको प्रेम र सम्मानका कारण आत्मकथा नेपाली भाषामा प्रकाशन गरेको बताए। भने,’नेपाल हाम्रो कल्पनामा थियो। हजुरबुवा हजुरआमाले भनेको कथाको देशमा आएर, सक्दो योगदान पुर्याएर पुस्तक लेख्छु भन्ने सायदै सोचेको थिएँ।’ नेपाललाई पितृभूमी, म्यानमारलाई मातृभूमी र थाईल्यान्डलाई कर्मभूमी भन्ने उनले म्यानमार र थाईल्यान्डमा नेपाली भाषा, संस्कृती र परम्परा जोगाउन संघ संस्था स्थापनामार्फत लागिपरेको समेत जानकारी दिए।

मिडिया सर्भिस नेपालले प्रकाशन गरेको पुस्तक विमोचन कार्यक्रममा संस्कृतीविद सत्यमोहन जोशीसँगै डाक्टर चिन्तामणी योगी, मिडिया विश्लेषक तथा प्राध्यापक रामकृष्ण रेग्मी, अभिनेत्री भूवन चन्द, अभिनेता राजेश हमाल र डाक्टर थानारा सोमखानेको विशेष आतिथ्य रहेको थियो। प्राध्यापक रामकृष्ण रेग्मीले कार्कीको किताबले विदेशमा रहेका नेपाली भाषीलाई बाँधौं भन्ने संदेश दिएको बताए।

त्यस्तै सताब्दी पुरुष सत्यमोहन जोशीले किताबले नेपालीको ‘घैंटोमा घाम लगाउने’ दाबी गरे। भने,’नेपाली संस्कृती र भाषा अध्ययन र प्रवर्द्धनका लागि आवश्यक पर्छ। यो किताब एउटा व्यक्तिको आत्मकथा होइन यो त विदेशमा रहेका हजारौं नेपाली भाषीको नेपाल प्रेमको कथा हो।’ सांस्कृतिक वृत्तमा तीन देशको सम्बन्ध जीवन संघर्षमा देखाउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell