PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

पाठन संस्कृति अभिवृद्धिको अभियान 'चकटी बहस', ५० औं अङ्क पुरा



पहिलोपोस्ट

पाठन संस्कृति अभिवृद्धिको अभियान 'चकटी बहस', ५० औं अङ्क पुरा

काठमाडौं: पुस्तक छलफल कार्यक्रम 'चकटी बहस'को ५० औँ शृंखला पुरा भयो। जसका अवसरमा शनिबार मार्टिन चौतारीमा विशेष समारोह आयोजना गरिएको थियो। अख्यान, गैर अख्यान पुस्तक, पाठन संस्कृति र पुस्तकको विषयमाथि बहस हुँदै आएको कार्यक्रमको विशेष शृङ्खलामा भने पुस्तकमाथि नभइ चकटी बहसकै समीक्षा भएको हो।

फेसबुक ग्रुप 'बुकाहोलिक्स'ले दुई वर्षयता अङ्ग्रेजी महिनाको पहिलो शनिबार पुस्तक बहस आयोजना गर्दै आएको छ। लेखक, पाठक, प्रकाशक आदिको सहभागिता रहदै आएको चकटी बहसको ५० औं अङ्कसम्मको यात्रा बारे बुकाहोलिक्सकी संस्थापक सगुना शाह भन्छिन्,'पुस्तक पढ्ने साथीहरुबीच अन्तक्रिया र पुस्तक बारे छलफल गर्ने उद्देश्यले सुरु गरेको फेसबुक समुह आज यति फराकिलो होला भन्ने सोचेंकी थिइन', अहिले झण्डै १२ हजार सदस्य रहेको पेजका सदस्यहरुकै साथ र सहभागिताका कारण चकटी बहस ५० अङ्कसम्म पुगेको उनको विश्वास छ। भनिन्,'सिमित तर गम्भिर पाठकबिच किताबमाथि छलफल गर्ने उदेश्य थियो। तर अब त बुकाहोलिक्स र चकटी बहस पाठन संस्कृति अभिवृद्धिको अभियान बनेको छ।' 

चकटी बहसका संयोजक प्रभाकर गौतमले कार्यक्रमका नियमित एवं प्रत्‍यक्ष, अप्रत्यक्ष सहभागीहरुलाई धन्यवाद व्यक्त गरे। भने,'चकटी बहसले लेखक र पाठकबिचको ग्याप कम गर्न केही मद्दत गरेको हामीले महसुस गरेका छौं।'

चार वर्ष विशेष कार्यक्रममा सहभागीले कविता वाचन समेत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell