PahiloPost

Jul 19, 2018 | ३ साउन २०७५

पटक-पटक धम्कीपछि धर्मगुरुमाथि गोली प्रहार


सविन ढकाल/पहिलोपोस्ट

पटक-पटक धम्कीपछि धर्मगुरुमाथि गोली प्रहार
काठमाडौं : शनिवार राति करिब २ बजेतिर हिन्दु धर्मगुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार भएपछि अन्य धर्मगुरुबीच त्रास फैलिएको छ। 

मोरङको रानीजतुवामा रहेको जानकी मन्दिरमा सप्ताह महायज्ञ लगाउन टोलीसहित शनिवार बेलुका तजुवा पुगेका श्रीनिवासमाथि बिहान शौच गर्न जाँदा अज्ञात समूहले गोली हानेको थियो। 

विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत श्रीनिवासको शरीरमा दुईवटा गोली लागेको छ। उनी अहिले खतरामुक्त रहेका जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी बिष्णहरि कोइरालाले जानकारी दिए।

सुनसरीको चक्रघट्टीस्थित एक धर्मशालामा बस्दै आएका आचार्य शनिवार बेलुका जुतुवा पुगेका थिए। सांगीतिक टोलीसहित उनी आइतवारबाट शुरु हुने सप्ताहको लागि त्यहाँ पुगेका थिए।

२६ वर्षीय युवा धर्मगुरु श्रीनिवासलाई पहिले पनि पटक-पटक धम्की आउने गरेको खुल्न आएको छ। केही समय अगाडि सुनसरीको इटहरीमा पुराण लगाइरहेको बेला अज्ञात नम्बरबाट मार्ने धम्की आएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए। उनले भने, 'हामीले अनुसन्धान गर्दा उहाँलाई धम्कीपूर्ण कल आउने गरेको भेटियो। धम्की कसले र किन दिएको भन्ने पत्ता लागेको छैन।'

मार्ने धम्की आउन थालेपछि श्रीनिवासले रातिको समयमा हुने प्रवचन गर्न छोडेका थिए। दिनभर आफै पुराण भने पनि रातिको समयमा भने उनले अरुलाई छाड्थे। 

घटनास्थलमा प्रहरीले मंगोल नेसनल अर्गनाइजेसनको पर्चा भेटाएको छ। अन्य विषयमा भने अनुसन्धान भइरहेको डिएसपी कोइरालाले बताए। 
सिमरा पानी ट्याङ्की भन्ने स्थानमा घर भएका श्रीनिवासलाई भेट्न केही समय अगाडि पूर्वराजा ज्ञानेन्द्र शाहसमेत पुगेका थिए।


पटक-पटक धम्कीपछि धर्मगुरुमाथि गोली प्रहार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट