PahiloPost

Nov 15, 2018 | २९ कात्तिक २०७५


फरार प्रतिवादी लुकेको भन्दै सय जना प्रहरीको टोली कलंकीमा


फरार प्रतिवादी लुकेको भन्दै सय जना प्रहरीको टोली कलंकीमा

काठमाडौँ : फरार प्रतिवादी लुकेको सूचना पाए लगत्तै सोमबार साँझ ठूलो सङख्यामा प्रहरी कलंकी पुगेको छ। कलंकीको एक होटेलमा फरार प्रतिवादी लुकेको विशेष सूचनाका आधारमा करिब सय जना प्रहरीको टोली कलंकी पुगेको प्रहरी स्रोतले जनाएको छ।
 
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले कलंकीका विभिन्न होटेल र शङ्कास्पद स्थानमा छापा मारिरहेको छ।

परिसरका एसएपी विश्वराज पोखरेलले केही समय अगाडि ३ सय ७२ जना प्रहरीको फरार सूचीमा रहेको भन्दै खोजी कार्य तीब्र बनाउने जानकारी दिएका थिए।

जघन्य अपराधमा अदालतले दोषी ठहर गरेका फरार अपराधी खोज्ने काम प्रहरीको पहिलो प्राथमिकतामा रहेको परिसरका प्रमुख एसएसपी  पोखरेलले बताए।
 



फरार प्रतिवादी लुकेको भन्दै सय जना प्रहरीको टोली कलंकीमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट