PahiloPost

Aug 22, 2018 | ६ भदौ २०७५

एनएसजेएफ स्पोर्ट्स अवार्ड जेठ ४ गते हुने


पहिलोपोस्ट

एनएसजेएफ स्पोर्ट्स अवार्ड जेठ ४ गते हुने

काठमाडौँ : नेपाली खेलकुद क्षेत्रकै सबैभन्दा प्रतिष्ठित अवार्डको रुपमा रहेको 'एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७४' आगामी जेठ ४ गते हुने भएको छ।

आयोजक नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ)ले मंगलवार पत्रकार सम्मलेन गर्दै अवार्डको औपचारिक रुपमा अवार्ड कार्यक्रमको घोषणा गरेको हो। अवार्डको यो १५औँ संस्करण हो।

आगामी वर्षमा फिफा विश्वकप फुटबल, एसियन गेम्स, दक्षिण एसिया खेलकुद लगायतका ठूला खेलकुद प्रतियोगिताहरु हुने भएकाले अवार्ड कार्यक्रम अगाडि सारिएको एनएसजेएफका अध्यक्ष महेश आचार्यले बताए।

पुरानो वर्ष सकिनेबित्तिकै नयाँ वर्षको दुई महिनाभित्र अवार्ड आयोजना गरिसक्ने कन्सेप्ट अनुसार एनएसजेएफले तयारी गरेको समेत उनले जानकारी दिए। गत वर्ष भदौ महिनामा अवार्ड भएको थियो।

वर्ष २०७४ सालमा उत्कृष्ट प्रदर्शन गर्न सफल खेलाडी प्रशिक्षक र टिमलाई सम्मान गर्ने कार्यक्रम भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना हुनेछ।

विगतमा जस्तै यसपटक पनि वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकहसित पिपुल्स च्वाइस अवार्ड, पारा एथलेट अवार्ड, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड गरी कूल ८ विधामा अवार्ड प्रदान गरिनेछ।

वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइज अवार्डका विजेताले एक-एक थान पल्सर मोटरबाइक पाउनेछन् भने अन्य विजेताले नगद ५० हजार हात पार्नेछन्।

विस २०६० सालबाट सुरु भएको अवार्ड भूकम्पका कारण २०७२ मा बाहेक निरन्तर हुँदै आएको छ।

एनएसजेएफका अध्यक्ष आचार्यले पल्सर स्पोर्ट्स अवार्ड एनएसजेएफको मात्र नभई नेपाली खेलकुद क्षेत्रकै साझदा कार्यक्रम रहेकोले यसमा सबैको योगदान उत्तिकै रहने बताए।

पल्सर स्पोर्ट्स अवार्ड २०७४ को लागि एनएसजेएफका अध्यक्ष आचार्यको संयोजकत्वमा मूल समारोह समिति लगायत विभिन्न उपसमितिहरु समेत गठन भइसकेको छ। यस्तै एनएसजेएफका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले केही दिनमै विभिन्न विधाको मनोनयमा पर्न सफल खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गर्नेछ।

हंशराज हुलास एण्ड कम्पनीसँग २० लाखको सम्झौता

अवार्ड कार्यक्रमको मुख्य प्रायोजक रहेको हंसराज हुलाश चन्द एण्ड कम्पनीसँग एनएसजेएफले यस वर्षको अवार्डका लागि ४ वटा पल्सर मोटरबाइकसहित नगद २० लाख बराबरको सम्झौता गरेको छ। एनएसजेएफका अध्यक्ष महेश आचार्य र हंशराज हुलाश चन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरे।

'हामीले यस पटक ४ वटा पल्सर बाइक र १० लाद नगदसहित २० लाख प्रदान गर्नेछौँ।' निर्देशक गोल्छाले भने।

हंशराज कम्पनीसँग एनएसजेएफले दुई वर्षअई नै ५ वर्षको लागि सम्झौता गरिसकेको भएपनि यस वर्षको लागि सम्झौतामा नविकरण भएको अध्यक्ष आचार्यले बताए।

हंशराज हुलाश चन्द एण्ड कम्पनीका निर्देशन गोल्छाले ८ वर्षदेखि अवार्डसंग सहकार्य गर्दै आएको पल्सर ब्राण्ड स्पोर्ट्ससँगै अगाडी बढेको बताए। 'पल्सर स्पोर्ट्सँगै जोडिएको हुन्। हामीले आर्मीसँग पनि सम्झौता गरेका छौँ। स्पोर्ट्सले देशलाई युनाइट गर्ने काम गर्छ। यो अवार्ड स्पोर्ट्स प्रमोसन गर्न र प्लेअरको रिकगनिजेसनका लागि महत्वपूर्ण छ।' निर्देशक गोल्छाले भने।

उनले नेपालको खेलकुद सकरातम्क रुपमा अगाडी रहेको बताउँदै आगामी वर्षमा पनि अवार्डसँगको सहकार्यलाई निरन्तरता दिने बताए।



एनएसजेएफ स्पोर्ट्स अवार्ड जेठ ४ गते हुने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट