PahiloPost

Dec 19, 2018 | ४ पुष २०७५


आइजी नियुक्तिको अप्ठ्यारो : प्रचण्डको सहमति खोज्दै प्रम, गृहमन्त्रीसहितको बैठकपछि मात्रै क्याबिनेट बस्ने


आइजी नियुक्तिको अप्ठ्यारो : प्रचण्डको सहमति खोज्दै प्रम, गृहमन्त्रीसहितको बैठकपछि मात्रै क्याबिनेट बस्ने

काठमाडौँ : एमाले र माओवादी मन्त्रीहरुको कुरा नमिल्दा नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति लम्बिएको छ। 

बुधबार मध्यरातदेखि रिक्त हुन लागेको महानिरीक्षकका लागि मंगलबार बिहान प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को बैठकले पनि नियुक्तिको विषय टुङग्याउन सकेन।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फरक-फरक व्यक्ति अगाडि सार्दा महानिरीक्षक नियुक्ति पेचिलो बन्दै गएको हो।

महानिरीक्षक को बनाउने भन्ने टुङग्याउन मंगलबार साँझ प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच साँझ छलफल हुने भएको छ।

तीन जनाको छलफल र सहमतिपछि मात्र क्याबिनेट बैठक बोलाएर आइजी नियुक्त गर्ने तयारी छ।

३० वर्षीय सेवा अवधिका कारण बुधबार मध्यरातदेखि बहालवाला प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित १५ जना एआइजीले अवकाश पाउँदैछन्। त्यसैले यस पटक पनि अघिल्लो पटक जस्तै डिआइजीबाटै आइजी नियुक्त गर्नुपर्ने अवस्था छ। आइजीको फ्रन्टलाइनमा वरिष्ठताका आधारमा सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की रहेका छन्। 

सम्बन्धित समाचार
को बन्लान् आइजी? सरकारले अझै टुङ्गो लगाउन सकेन, ढिला भए फेरि डा. पोखरेलको 'भाग्य चम्किने'!



आइजी नियुक्तिको अप्ठ्यारो : प्रचण्डको सहमति खोज्दै प्रम, गृहमन्त्रीसहितको बैठकपछि मात्रै क्याबिनेट बस्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट