PahiloPost

Apr 26, 2018 | १३ बैशाख २०७५

भरतपुरमा पूर्व मन्त्रीको कालिका कन्स्ट्रक्सन अगाडि बम विस्फोट


भरतपुरमा पूर्व मन्त्रीको कालिका कन्स्ट्रक्सन अगाडि बम विस्फोट
फाइल फोटो : सरोज श्रेष्ठ
काठमाडौँ : राप्रपा प्रजातान्त्रिकका नेता तथा पूर्व मन्त्री विक्रम पाण्डेको स्वामित्व रहेको चितवनको कालिका कन्स्ट्रक्सन कार्यालय अगाडि मंगलबार राति बम विस्फोट भएको छ। 

अज्ञात समूहले रातिको करिब साढे आठ बजेतिर बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी निरीक्षक केशव शाहले जानकारी दिए।

भवनको बाहिरपट्टी विस्फोटन भएकाले कुनै पनि मानवीय क्षति भएको छैन। बमको छर्राले भवनका केही झ्यालका सिसा फुटेका छन्। घटना कसले र किन गराएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिररहेको शाहले बताए। 

अघिल्लो हप्ता पनि धरान, सिन्धुली चतरा सडकखण्डअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ नजिकै कालिका कन्स्ट्रक्सन अन्तर्गत रहेका निर्माण उपकरण तथा सवारी साधनमा बम र आगजनी भएको थियो। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट