PahiloPost

Apr 26, 2018 | १३ बैशाख २०७५

दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा १३५ थान अवैध मोबाइल, चालकसहित तीन पक्राउ


पहिलोपोस्ट /पहिलोपोस्ट

दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा १३५ थान अवैध मोबाइल, चालकसहित तीन पक्राउ
काठमाडौं: भारतको नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको बा ५ ख १२३५ नम्बरको बस प्रहरीले नियन्त्रणमा लिएको छ।

अवैध रुपमा ल्याएको मोबाइल रहेको सूचनाका आधारमा प्रहरीले उक्त बसमा जाँच गरेको थियो।

बसमा १३५ महंगा मोबाइल भेटिएको र चालकसहित तीनजनालाई पक्राउ गरिएको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

बस कलंकीबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा कृष्ण थापा हरिबहादुर श्रेष्ठ र भुवन श्रेष्ठ रहेका छन्।

बसभित्र फल्स बटम बनाई मोबाइल लुकाएर ल्याएको भेटिएको एसएसपी पोखरेलले बताए। यसअघि पनि दिल्लीबाट काठमाडौं आएको बस अवैध सामानसहित प्रहरीले नियन्त्रणमा लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट