PahiloPost

Apr 21, 2018 | ८ बैशाख २०७५

‘जात्रा’ सिक्वेल 'जात्रै जात्रा' अर्को फागुनमा


पहिलोपोस्ट /पहिलोपोस्ट

‘जात्रा’ सिक्वेल 'जात्रै जात्रा' अर्को फागुनमा

काठमाडौं: कमेडी फिल्म ‘को सिक्वेल बन्ने बारे आधिकारिक खबर सार्वजनिक भएको छ। 'जात्रै जात्रा' नामसहित फिल्मको दोस्रो संस्करण बन्ने बारे निर्देशक प्रदिप भट्टराईले जानकारी दिएका हुन्।

मङ्गलबार निर्देशक भट्टराईले र निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँसहितको फोटो सहित जात्रै जात्रा बारे जानकारी फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।

२०७५ को फागुन १७ गतेलाई रिलिज टार्गेट गरिएको छ। जात्रा २ मा कथा पनि निर्देशक भट्टराईकै रहने छ। असार अन्तिमबाट फिल्म युनिट छायांकनको लागि फ्लोरमा उत्रने जानकारी दिइएको छ।

‘जात्रै जात्रा’मा केही नयाँ कलाकारसहित विपिन कार्की, वर्षा राउत, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा लगायतका कलाकारहरु दोहोरिने छन्।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट