PahiloPost

Dec 13, 2018 | २७ मंसिर २०७५

यस्तो छ ‘मिस नेपाल २०१८’को  टाइटल विनर र उत्कृष्ट १५ सूची 

यस्तो छ ‘मिस नेपाल २०१८’को  टाइटल विनर र उत्कृष्ट १५ सूची 


काठमाडौं: सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१८’को फिनाले होटल अन्नपूर्णमा भइरहेको छ। एक महिना लामो प्रशिक्षणपछि अन्तिम प्रतिस्पर्धामा उत्रिएका २५ प्रतियोगीमध्यकालाई उप उपाधी प्रदान गरियो। प्रशिक्षणको क्रममा भएको प्रतियोगिता र निर्णायकको निर्णयका आधारमा टाइटल विनर  घोषणा भएको हो। 

यस्तो छ टाइटल विनरको सूची

मिस ब्युटिफूल हेयर- शृङ्खला खतिवडा
मिस फ्रेन्डसिप- सायरा लामा
मिस फोटोजेनिक- महिमा सिंह 
मिस पंच्वल- लक्ष्मी पौडेल 
मिस इन्टेलेक्च्योल- आश्मा ढुङ्गाना
बेस्ट एथ्लेट- मेघा श्रेष्ठ 
मिस पपुलर च्वाइस- सन्ध्या अधिकारी
मिस कन्फिडेन्ट- आस्था शाखा
मिस फसिनो- श्रङ्खला खतिवडा
मिस ग्लामर- मनिता देवकोटा
मिस ट्यालेन्ट- रोनाली अमात्य
ब्युटी विद अ पर्पोज- प्रिया सिग्देल

साथै प्रतियोगिताको लागि टप १५ पनि छानिएका छन्। निर्णायकले छानेका १४ र वाइल्ड कार्डमार्फत १ जनाको इन्ट्री भएको हो। एसएमएसमार्फत सर्वाधिक भोट पाउनेले उत्कृष्ट १५ मा ठाउँ पाएको हो।

सर्वानी पाण्डे, सुस्मिता सापकोटा, लक्ष्मी पौडेल, आस्था शाख, सायरा लामा, श्रृष्टी कार्की, आश्मा ढुङ्गाना, सुभेच्छा श्रेष्ठ, श्रृङ्खला खतिवडा, प्रिया सिग्देल, महिमा सिंह, मेघा श्रेष्ठ, रोनाली अमात्य, ज्योत्स्ना क्षेत्री निर्णायकको निर्णायकको आधारमा उत्कृष्ट १४ मा छानिएका। त्यस्तै सन्ध्या अधिकारीले वाइल्ड कार्डमार्फत इन्ट्री पाइन्। 

छानिएका १५ जनाले निर्णायकले दिएको प्रश्नको जवाफ दिन पर्ने हुन्छ। उत्कृष्ट जवाफ दिनेबाट ७ जना फाइनलिस्ट छानिने छन्। र मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेशनल, मिस नेपाल अर्थ र मिस नेपाल युनिभर्सको लागि प्रतिस्पर्धा गर्छन्।


ट्रेन्डिङ पोस्ट