PahiloPost

Apr 26, 2018 | १३ बैशाख २०७५

यी हुन् मिस नेपालका सात फाइनलिस्ट

यी हुन् मिस नेपालका सात फाइनलिस्ट


काठमाडौं: सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१८’को फिनाले होटल अन्नपूर्णमा भइरहेको छ। एक महिना लामो प्रशिक्षणपछि अन्तिम प्रतिस्पर्धामा उत्रिएका २५ प्रतियोगिमध्यकालाई सात जना फाइनलिस्ट चयन गरिएको छ। 
  • रोनाली अमात्य
  • मनिता देवकोटा
  • महिमा सिंह
  • सायरा लामा
  • शृङ्खला खतिवडा
  • प्रिया सिग्देल
  • आश्मा ढुंगाना
यी मध्येबाट मुख्य निर्णायकले सोधेको प्रश्नको जवाफबाट विजेताहरु छानिनेछन्। 

यसअघि निर्णायकले छानेका १४ र वाइल्ड कार्डमार्फत १ जनाको इन्ट्री भएको थियो। एसएमएसमार्फत सर्वाधिक भोट पाउनेले उत्कृष्ट १५ मा ठाउँ पाएको हो।

सर्वानी पाण्डे, सुस्मिता सापकोटा, लक्ष्मी पौडेल, आस्था शाख, सायरा लामा, श्रृष्टी कार्की, आश्मा ढुङ्गाना, सुभेच्छा श्रेष्ठ, श्रृङ्खला खतिवडा, प्रिया सिग्देल, महिमा सिंह, मेघा श्रेष्ठ, रोनाली अमात्य, ज्योत्स्ना क्षेत्री निर्णायकको निर्णायकको आधारमा उत्कृष्ट १४ मा छानिएका थिए। त्यस्तै सन्ध्या अधिकारीले वाइल्ड कार्डमार्फत इन्ट्री पाएकी थिइन्। 

 


ट्रेन्डिङ पोस्ट