PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

बहालवाला आइजीलाई नवनियुक्त आइजीले विदाइ गर्दाका २४ फोटो

बहालवाला आइजीलाई नवनियुक्त आइजीले विदाइ गर्दाका २४ फोटो


काठमाडौँ : तीस वर्ष सेवा अवधि पूरा गरी सेवानिवृत्त भएका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरु तथा प्रहरी नायव महानिरीक्षकहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाई गरिएको छ। उनीहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले फूलमाला लगाई बिदाई गरेका हुन्। 

सेवानिवृत्त हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द पनि थिए। चन्दलाई सरकारले महानिरीक्षक नियुक्त गरे पनि सर्वोच्च अदालतले दिएको आदेशका कारण उनले फुली लगाउन पाएका थिएनन्। आइजीका अर्का दावेदार नवराज सिलवाल भने राजीनामा दिएर सांसद भइसकेका छन्। राजीनामा नदिएका भए उनले पनि आजै अवकाश पाउने थिए।  

अवकाश पाउने अन्य एआइजीमा देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधव प्रसाद जोशी, बिजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द, बिजयकुमार भट्ट, हेमन्तबहादुर पाल, मधु पुडासैनी, माधव प्रसाद नेपाल, पंकज श्रेष्ठ तथा प्रहरी नायव महानिरीक्षकहरु गोविन्द प्रसाद निरौला, रोमेन्द्र सिंह देउजा, सुदिप आचार्य, गणेश के.सी., केदारमान सिंह भण्डारी, रमेश कुमार भट्टराई, भोगबहादुर थापा, पुस्कलराज रेग्मी र पुष्पचन्द्र रंजित रहेका छन्। 

 बिदाई समारोहमा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरु उपस्थित थिए। 


ट्रेन्डिङ पोस्ट

Ncell