PahiloPost

Apr 26, 2018 | १३ बैशाख २०७५

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु


पहिलोपोस्ट /पहिलोपोस्ट

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

विराटनगरः सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

मोरङको पथरी शनिश्चरे–१० मा बुधबार राति सडक दुर्घटना हुँदा मोटरसाइकल चालक पथरी–शनिश्चरे हसन्दहका ४८ वर्षीय हरिबहादुर केसीको उपचारका क्रममा आज मृत्यु भएको प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ।

डाँस खोला पुलमा रोकीराखेको को २ त २४५९ नम्बरको ट्याक्टरको पछाडिको भागमा को१३प ७७२९ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि सो दुर्घटना भएको थियो।

मोटरसाइकलमा सवार अर्का २५ वर्षीय हेमराज खड्काको टाउकोमा चोट लागेको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट