PahiloPost

Apr 26, 2018 | १३ बैशाख २०७५

काठमाडौंमा समातियो ५० लाख भारतीय रुपैयाँ


पहिलोपोस्ट /पहिलोपोस्ट

काठमाडौंमा समातियो ५० लाख भारतीय रुपैयाँ
फाइल फोटो

काठमाडौँ : नेपाल प्रहरीले काठमाडौंको लाजिम्पाटमा झण्डै ५० लाख भारतीय रुपैयाँ बरामद गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले ५० लाख भारतीय रुपैयाँ बरामद गरेको हो। बुधवार साँझ प्रहरीले नेपालबाट भारत लैजान लागेको अवस्थामा नोट बरामद गरेको हो।

घटनामा संलग्न दुई जना नेपालीलाई पक्राउ गरिएको प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। 

पक्राउ पर्नेमा मोरङका ५३ वर्षीय सुनिलदेव वैश्य र नुवाकोटका ५० वर्षीय चेतनबहादुर नेपाली रहेका छन्।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट