PahiloPost

Jul 19, 2018 | ३ साउन २०७५

मिस नेपालमा ११ जनाले जिते उपाधि, १४ सुन्दरी खाली हात

मिस नेपालमा ११ जनाले जिते उपाधि, १४ सुन्दरी खाली हात


काठमाडौँ : बुधबार राति भएको मिस नेपाल सौन्दर्य प्रतियोगितामा सहभागी २५ सुन्दरीमध्ये ११ जनाले उपाधि जितेका छन्। १४ सुन्दरी भने खाली हात घर फर्कन बाध्य भए। 

आयोजक हिडन ट्रेजरले १२ विधामा टाइटल विनर घोषणा गरेको भए पनि मिस नेपालसमेत घोषित श्रृङ्खला खतिवडा एक्लैले दुई वटा उपाधि जितेकी थिइन्। खतिवडाले मिस ब्युटिफुल हेयर र मिस फसिनो जितेकी हुन्। 

यी हुन् टाइटल विनर 

मिस ब्युटिफूल हेयर- श्रृङ्खला खतिवडा
मिस फ्रेन्डसिप- सायरा लामा
मिस फोटोजेनिक- महिमा सिंह 
मिस पङ्कच्युअल- लक्ष्मी पौडेल 
मिस इन्टेलेक्च्योल- आश्मा ढुङ्गाना
बेस्ट एथ्लेट- मेघा श्रेष्ठ 
मिस पपुलर च्वाइस- सन्ध्या अधिकारी
मिस कन्फिडेन्ट- आस्था शाखा
मिस फसिनो- श्रृङ्खला खतिवडा
मिस ग्लामर- मनिता देवकोटा
मिस ट्यालेन्ट- रोनाली अमात्य
ब्युटी विद अ पर्पोज- प्रिया सिग्देल

यी हुन् कुनै उपाधि नपाउने सुन्दरी 

•    वीरगन्जकी २३ वर्षीया काश्या अधिकारी
•    विराटनगरकी २१ वर्षीया अनुपमा बास्तोला 
•    काठमाडौंकी २१ वर्षीया शर्वाणी पाण्डे
•    चितवनकी २३ वर्षीया सुस्मिता सापकोटा
•    विराटनगरकी २२ वर्षीया शिक्षा संग्रौला 
•    काठमाडौंकी २२ वर्षीया अनाश्रुत पन्त
•    पोखराकी २४ वर्षीया ज्योत्सना क्षेत्री
•    महेन्द्रनगरकी २२ वर्षीया लक्ष्मी पन्त
•    दाङकी २२ वर्षीया शुभेच्छा श्रेष्ठ
•    पोखराकी २० वर्षीया ममता जोशी 
•    भक्तपुरकी २४ वर्षीया सृष्टि कार्की
•    झापाकी २१ वर्षीया एलिशा अधिकारी
•    भक्तपुरकी २२ वर्षीया एलिशा बुढाथोकी 
•    काठमाडौंकी २२ वर्षीया  एञ्जिला महत

निर्णायकको निर्णायकको आधारमा उत्कृष्ट १४ मा छानिएका

सर्वानी पाण्डे, 
सुस्मिता सापकोटा, 
लक्ष्मी पौडेल, 
आस्था शाख, 
सायरा लामा, 
श्रृष्टी कार्की, 
आश्मा ढुङ्गाना, 
सुभेच्छा श्रेष्ठ, 
श्रृङ्खला खतिवडा, 
प्रिया सिग्देल, 
महिमा सिंह, 
मेघा श्रेष्ठ, 
रोनाली अमात्य, 

वाइल्ड कार्डमार्फत् इन्ट्री पाएकी
सन्ध्या अधिकारी 
 


ट्रेन्डिङ पोस्ट