PahiloPost

Apr 21, 2018 | ८ बैशाख २०७५

एसियाडको लागि बक्सिङ खेलाडी छनोट : आर्मीको वर्चस्व


पहिलोपोस्ट /पहिलोपोस्ट

एसियाडको लागि बक्सिङ खेलाडी छनोट : आर्मीको वर्चस्व

काठमाडौं : एसियाली खेलकुदको छनोटअन्तर्गत बक्सिङमा त्रिभुवन आर्मीका खेलाडीले वर्चस्व कायम गरेका छन्।

बिहीवार भएको छनोटमा पुरुषतर्फ ४९ केजी तौल समूहमा आर्मीका तेजवहादुर देउवाले सुनसरीका सुलभ तुलाधरलाई अंकका आधारमा हराउँदै एसियाली खेलकुदका लागि छनोट पक्का गरेका छन्।

त्यस्तै पुरुष ५६ केजी तौल समूहमा आर्मीका बिमल रोकाले एपीएफका पुरन राईलाई अंकका आधारमा हराउँदै छनोट भएका छन्।

पुरुष ६० केजीमा आर्मीका एकवहादुर घले छनोट भएका छन्। उनले झापाका प्रकाश इजम लिम्बुलाई अंकका आधारमा हराए।

पुरुषतर्फनै ६४ केजीमा नेपाल पुलिसका भुपेन्द्र थापा र ७५ केजीमा आर्मीका दिपक श्रेष्ठ प्रतिस्पर्धा नभएका कारण स्वतः छनोटमा परेका छन्।

सातदोवाटोस्थित बक्सिङ रिङमा भएको महिलातर्फको ५७ केजी तौल समूहमा एपीएफका संगिता सुनारले आर्मीकी सविना श्रेष्ठलाई अंकका आधारमा हराउँदै छनोट भएकी छन्। महिला ६० केजीमा आर्मीकी पुनम रावलले एपीएफकी सरस्वती रानामगरलाई अंकका आधारमा हराउँदै छनोट भइन्।

महिला ५१ केजी तौल समूहमा एपीएफकी माला राई फाईनलमा प्रवेश गरेकी छन्। उनले सेमिफाईनलमा आर्मीकी ललिता महर्जनलाई अंकका आधारमा हराएकी थिईन्। शुक्रवार हुने फाईनल भिडन्तमा मालाले आर्मीकी बिमला श्रेष्ठसँग अन्तिम प्रतिस्पर्धा गर्नेछिन्।

शुक्रवार पुरुष ५२ र ६९ केजीको छनोट खेल हुनेछ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट