PahiloPost

Jul 19, 2018 | ३ साउन २०७५

अस्पतालको शिशा फोरेर तेस्रो तल्लाबाट हाम्फाले बिरामी


अस्पतालको शिशा फोरेर तेस्रो तल्लाबाट हाम्फाले बिरामी
पोखरा :  उपचारको लागि अस्पताल भर्ना एक जना बिरामी अस्पतालको झ्यालको शिशा फोरेर हाम्फालेका छन्। 

बिहीबार करिब पौने पाँच बजेको समयमा पोखराको नयाँबजारस्थित चरक हस्पिटलमा उपचाररत बिरामीले अस्पतालको तेस्रो तलाबाट हाम फालेका हुन्।

लमजुङ घर भई पोखरा ११ फूलबारी बस्ने युवराज गुरुङले  हाम्फालेको प्रहरीले जानकारी दिएको छ। 

गुरुङको टाउकोमा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ। ३० वर्षीय गुरुङलाई चरक हस्पिटलबाट मनिपाल शिक्षण अस्पताल फूलबारीमा रिफर गरिएको छ। उनको मानसिक समस्या रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 


अस्पतालको शिशा फोरेर तेस्रो तल्लाबाट हाम्फाले बिरामी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट