PahiloPost

Dec 13, 2018 | २७ मंसिर २०७५


नेपालगन्ज कप क्रिकेटलाई आर्शिवाद पेन्ट्सको साथ


पहिलोपोस्ट

नेपालगन्ज कप क्रिकेटलाई आर्शिवाद पेन्ट्सको साथ

नेपालगन्ज : वैशाख ३ गते देखि कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने नेपालगन्ज टी-२० क्रिकेट कपलाई आर्शिवाद पेन्ट्सले साथ दिएको छ।

टाईटल स्पोनसरको रुपमा आर्शिवाद पेन्ट्स र आयोजक ग्रीन ईभेन्टोबीच एक वर्षका लागि सम्झौता भएको हो। आर्शिवाद पेन्ट्सका प्रबन्ध निर्देशक दुर्गा प्रसाद चौलागाई र ब्रान्ड म्यानेजर सरोबर प्रसांइ तथा ग्रीन ईभेन्टोका प्रबन्ध निर्देशक मोहम्मद रफि एराकी र टुर्नामेन्ट डाईरेक्टर सौगात विक्रम शाहले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

आर्शिवाद पेन्ट्सले ८ लाख बराबरको सहयोग गर्न लाग]को प्रतियोगिताका प्रबन्ध निर्देशक मोहम्मद रफि एराकीले बताए।

प्रतियोगिताको लागि यसअघि टिम अक्सनबाट ६ वटा टिमको लिलामी भई सकेकोछ। जसअन्तर्गत जीसान बांके ब्लास्टर, आर्शिवाद पेन्ट्स पाल्पा योद्याज, एनआईसी एसिया दंगाली र्गोखाज, पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज, अर्घखाची सिमेन्ट्स बर्दिया टाईर्गस, एयाब्रोल टी एम टी लुम्बिनी यात्रीज रहेका छन्।

यसअघि आर्शिवाद सिमेन्ट्सले पाल्पा योद्याज टिम खरिद गरिसकेकोछ।

आर्शिवाद पेन्ट्सका प्रबन्ध निर्देशक दुर्गा प्रसाद चौलागाईले पहिलो पटक खेलकुद क्षेत्रमा जोडीन पाउँदा निकै उत्साहित रहेको बताए। 'अहिले खेलकुदमा क्रिकेटको क्रेज जसरी बढी रहेको छ त्यसलाई आधार मानेर खेलकुदमा लगानी गर्नु हाम्रोको लागि पनि गौरवको विषय हो', चौलागाईले भने।

यस्तै ग्रीन ईभेन्टोले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा प्राइभेट सेक्टरको साथ पाउनुले क्रिकेटमा व्यावसायिकता थप्ने ग्रीन ईभेन्टोका टुर्नामेन्ट डाईरेक्टर सौगात विक्रम शाहले बताए।

प्रतियोगिताको विजेताले १ लाख दस हजार र उप विजेताले ६० हजार पाउने छन्।



नेपालगन्ज कप क्रिकेटलाई आर्शिवाद पेन्ट्सको साथ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट