PahiloPost

Sep 20, 2018 | ४ असोज २०७५

हेटौँडामा 'भोर'को विशेष सो सम्पन्न


पहिलोपोस्ट

हेटौँडामा 'भोर'को विशेष सो सम्पन्न

तराईमा व्याप्त दाइजो प्रथामा आधारित फिल्म 'भोर'को पहिलो तथा विशेष सो सम्पन्न भएको छ। सामाजिक संदेश प्रवाहका लागि फिल्म प्रदर्शन गरिएको हो। विहीबार चलचित्र पत्रकार संघ मकवानपुरको आयोजनामा हेटौडाको उक्त फिल्म देखाइयो।

निर्देशक यादब भट्टराईको उपस्थितिबिच दर्शकले फिल्म हेरे। वास्तविक कथामा आधारित फिल्ममाथि निर्देशक र दर्शकले अन्तरक्रिया समेत गरे। ओमम्याक्स हलमा सम्पन्न च्यारिटि सोमा निमित्त प्रमुख जिल्ला अधिकारी बिनोद प्रसाद खड्का, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिकासराज खनाल, माईती नेपालकी संयोजक माया लामा, अस्मिता नेपालकी अध्यक्ष आरती पाठक, शक्ती समुहका क्षेत्रीय संयोजक अस्मिता तामाङ तथा महिला हिंसा तथा मानव अधिकारसम्बन्धि काम गर्ने विभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

फिल्ममा मूख्य पात्र मिथिलाञ्चलका प्रसिद्ध कलाकार राम नारायण ठाकुर रहँदा उनीसँगै मदन ठाकुर, परमेश झा, बिएन पटेल, राजेश सक्सेना, डली सरकार, अनितारानी मण्डल, संगिता देव, सारथी लामा, रितेश पाटली, सुरेन्द्र राय, धीरज ठाकुर लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

कृष्ण धारावासीको कथामा बन्दै गरेको फिल्म देवेन्द्र प्रसाद सुवेदी, राज तिमिल्सिना र रामगोपाल थापाले निर्माण गरेका हुन्। फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन्। फिल्मको रिलिज टार्गेट बैशाख २१ तोकिएको छ।



हेटौँडामा 'भोर'को विशेष सो सम्पन्न को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट