PahiloPost

Jul 19, 2018 | ३ साउन २०७५

निर्देशक बद्री अधिकारीको कमब्याक, छुवाछुतविरुद्धकाे कथा टिभीमा


पहिलोपोस्ट /पहिलोपोस्ट

निर्देशक बद्री अधिकारीको कमब्याक, छुवाछुतविरुद्धकाे कथा टिभीमा

काठमाडौं: निर्देशक बद्री अधिकारी लामो अन्तरालपछि टेलिचलचित्र निर्देशनमा होमिएका छन्। अविरल बग्दछ ईन्द्रावती, मौन आकाश, सहयात्री, कोरस लगायतका सिरियल बनाएका अधिकारीको 'मानव' प्रसारणमा आउने भएको हो। नयाँ वर्षको अवसरमा बैशाख १ गतेबाट उक्त टेलिचलचित्र सार्वजनिक हुँदैछ।

सामाजिक कथामा आधारित 'मानव' जनता टेलिभिजनमा हरेक शनिवार राति ८:४५ बजे प्रसारण हुनेछ। मदन पुरस्कार प्राप्त साहित्यकार मोदनाथ प्रश्रितको महाकाव्य मानवको कथामा आधारित सिरियलका बारेमा निर्देशक अधिकारी भन्छन्,'अहिलेको परिवर्तित समयमा पनि ग्रामीण भेगमा छुवाछुत, भेदभाव र जातीय दमनका अवशेष यथावत रहेको छ। यो सामाजिक मुद्धा हो त्यसैले हामीले टेलिसिरियलमार्फत यो विषय उठान आवश्यक ठानेका हौं।' निर्देशक अधिकारीका अनुसार टेलिश्रृंखला मानवले पाँच दशक अघिको नेपाल र सामाजिक अवस्थालाई चित्रण गरिनेछ।

५५ भागको टेलिश्रृंखलामा सुशील पोखरेल, अस्मिता बस्नेत, श्याम खड्का, शारदा अधिकारी, लक्ष्मण विक्रम बस्नेत, अञ्जान शर्मा, अर्जुन न्यौपाने, आना देउजा, शिशिर शिवाकोटी, उमा बाँनिया, कमल बोहरा र किशोर कोईराला लगायतका कलाकारहरुको अभिनय रहेको छ। मोदनाथ प्रश्रितको महाकाव्यमाथि निर्माण गरिएको मानवको लेखन निर्देशक अधिकारी आफैंले गरेका हुन् भने सागर खड्का र विरेन्द्र भट्टले खिचेका छन्। दीपेन्द्र दोङ तामाङ कार्यकारी निर्माता हुन्। यस्तै प्रमुख सहायक निर्देशक किशोर कोईराला, सम्पादन हरि सिलवाल, संगीत शिलाबहादुर मोक्तान, गीत राजेन्द्र थापा, स्वर दीप श्रेष्ठ र शारदा अधिकारीको रहेको छ।



निर्देशक बद्री अधिकारीको कमब्याक, छुवाछुतविरुद्धकाे कथा टिभीमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट