PahiloPost

Dec 19, 2018 | ४ पुष २०७५


संसदमा बेथितिः कानुन बन्नुभन्दा पहिले नै तलब सुविधा


पहिलोपोस्ट

संसदमा बेथितिः कानुन बन्नुभन्दा पहिले नै तलब सुविधा

काठमाडौँ: संसद्का पदाधिकारी तथा सदस्यहरूले कानुन बन्नुभन्दा पहिलेदेखि नै पारिश्रमिक तथा सुविधा लिएको रहस्य खुलेको छ।

संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन प्रमाणीकरण हुनुभन्दा ५ महिना अघिदेखि पदाधिकारी तथा सदस्यहरूलाई तलब सुविधा लिएको महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ।

व्यवस्थापिका संसद्ले पारित गरेको पारिश्रमिक सम्बन्धी ऐन २०७३ पुस ७ गते राजपत्रमा प्रकाशित भएको थियो। प्रमाणीकरणपछि मात्र ऐन लागू हुने व्यवस्था छ।

तर, संसद्का पदाधिकारी तथा सदस्यहरूले भत्ता, आवास सुविधा, इन्धन सुविधा ऐन बन्नुभन्दा अघिको पनि लिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। जसबाट राज्यकोषमा चार करोड ९१ लाख ११ हजार व्ययभार थप भएको छ।

प्रतिवेदनमा भनिएको छ ‘भत्ता, आवास सुविधा, इन्धन सुविधाजस्ता आर्थिक व्ययभार पर्ने दफाहरू राजपत्रमा ऐन प्रकाशित मितिभन्दा ५ महिना पहिलेदेखि नै लागू हुने गरी ऐन बनाएको देखिन्छ। सचिवालयले माननीय सदस्यहरूलाई २०७३ मङ्सिरसम्म पुरानै दरले बैठक भत्ता दुई सय, आवास भत्ता ६ हजार पाँच सय र परिबहन एक सय ५० उपलब्ध गराएकोमा ऐन बनेपश्चात् नयाँ दरले बैठक भत्ता एक हजार, परिबहन भत्ता एक हजार र आवास भत्ता मासिक १८ हजारले श्रावण महिनादेखि नै उपलब्ध गराएको छ। राजपत्रमा ऐन प्रकाशित भएपश्चात् वृद्धि सुविधा लागू हुनु पर्नेमा ऐन अस्तित्वमा आउनु पूर्व अवधिको सुविधामा चार करोड ९१ लाख ११ हजार खर्च भएको छ।’

पतिवेदन अनुसार संसदमा खर्चमा पनि बेथिति देखिएको छ। सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत एकै प्रकृतिको खरिदलाई टुक्रा पारी पटक–पटक खरिद गरेको पाइएको छ। पटक–पटक सोभैm खरिद गरी फर्निचर तथा फिक्चर्समा ७५ लाख, मेसिनरी औजारमा रु.५० लाख, पूँजीगत सुधारमा एक करोड ३३ लाख, औषधि खरिदमा २१ लाख र कार्यालय सामानमा एक करोड ६० लाखसमेत गरी चार करोड ३९ लाख रुपैयाँ खर्च गरेको पतिवेदनमा उल्लेख छ।



संसदमा बेथितिः कानुन बन्नुभन्दा पहिले नै तलब सुविधा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट