PahiloPost

Sep 20, 2018 | ४ असोज २०७५

'लम्फू'को ट्रेलरमा सलोन बस्नेतको नयाँ भूमिका


पहिलोपोस्ट

'लम्फू'को ट्रेलरमा सलोन बस्नेतको नयाँ भूमिका

काठमाडौं: फिल्म ‘लम्फू’को ट्रेलर विहीबार रिलीज भयो। कार्यक्रमको आयोजना गरी ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो। ट्रेलरले फिल्मको विषय उठानको थिम प्रष्ट पार्छ। जसमा सामाजिक कथालाई कमेडी शैलीमा भन्न खोजिएको छ। अभिनेता सलोन बस्नेत लम्फूमा केही फरक भूमिकामा देखिएका छन्। जस बारे उनी भन्छन्,'फरक दिन खोजेको हुँ। यसमा पनि कमेडी त छ नै साथै अलिकती डार्क साइडपनि फोकस गरेको हुँ।'

ट्रेलरमा अभिनेता कविर खड्का, सलोन बस्नेत, अभिनेत्री मरिश्का पोखरेल, कुसुम श्रेष्ठ, सञ्जित भण्डारी लगायत फिचर्ड छन्।

गोपालचन्द्र लामिछानेले निर्देशन गरेको फिल्ममा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ।

'लम्फू'लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन्। भूपतिको लेखन रहेको फिल्मलाई दिपक बज्राचार्यले खिचेका हुन्। रामजी लामिछाने र शिव बिकको कोरियोग्राफी छ भने अर्जुन पोखरेलको संगीत रहेको छ। 


 



'लम्फू'को ट्रेलरमा सलोन बस्नेतको नयाँ भूमिका को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट