PahiloPost

Sep 20, 2018 | ४ असोज २०७५

३३ किलो सुनकाण्डका अभियुक्तको प्रहरी हिरासतमा रहस्यमय मृत्यु 


पहिलोपोस्ट

३३ किलो सुनकाण्डका अभियुक्तको प्रहरी हिरासतमा रहस्यमय मृत्यु 

काठमाडौंः महानगरीय प्रहरी बृत्त सिंहदरबारमा एक अभियुक्तको मृत्यु भएको छ। बर्दिया राजपुर नगरपालिका प्रयागपुर घर भई हाल काठमाडौंको चुच्चेपाटी बस्दै आएका प्रेमलाल चौधरीलार्इ प्रहरीले ३३ किलो सुन काण्डमा बिहीवार पक्राउ गरेको थियो। 

चौधरी ३० वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लोडरका रुपमा कार्यरत थिए। विमानस्थलबाट सुन तस्करीमा तस्करहरूलार्इ सहयोग गरेको अभियोगमा चौधरी पक्राउ परेका थिए।  

अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएका उनको रहस्मय तरिकाले मृत्यु भएको हो। उनले सुरुवालमा लगाएको इजार प्रयोग गरी आज बिहान ४ बजेतिर बाथरुमभित्र झुन्डिएको प्रहरीले जनाएको छ। उनलाई वीर अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यही उनको मृत्यु भयो।

उनको शव पोस्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाजगञ्ज लगिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

३३ केजी सुन काण्डमा जोडिएका मोरङ उर्लाबारी नगरपालिका ७ घर भएका ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको गत फागुन २१ हत्या भएको थियो। घटनामा उच्चतहका प्रहरी अधिकृतको संलग्नता रहेको आशंकामा गृहमन्त्रालयले सह-सचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानविन समिति गठन गरेर अनुसन्धान गरिरहेको छ।

छानविन समितिले अहिलेसम्म १९ जनालाई पक्राउ गरेको स्रोतले जनाएको छ। गृह मन्त्रालय स्रोतका अनुसार पक्राउ पर्नेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, सम्बिर प्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जनलगायत छन्। समातिनेमा एक भारतीय नागरिक महावीर गोल्यान समेत छन्।

न्युरोडमा रहेको आर के ज्वेलर्सका संचालकलाई पनि बिहीवार प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ।



३३ किलो सुनकाण्डका अभियुक्तको प्रहरी हिरासतमा रहस्यमय मृत्यु  को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट