PahiloPost

Jul 18, 2018 | २ साउन २०७५

खुला राष्ट्रिय पौडी प्रतियोगिता जेठमा


पहिलोपोस्ट /पहिलोपोस्ट

काठमाडौं :  नेपाल पौडी संघको आयोजनामा २२औं खुला राष्ट्रिय पौडी प्रतियोगिता जेठ १८ र १९ गते हुने भएको छ। इन्डोनेसियामा हुने आसन्न १८औं एसियाली खेलकुदका लागि खेलाडीको अन्तिम छनोट गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन्।

प्रतियोगितामा पुरुष-महिलातर्फ ५०, १ सय र २ सय मिटर फ्रिस्टायल र ५० र १ सय मिटर वटरफ्लाइ व्रेस्टस्ट्रोक र ब्याकस्ट्रोक स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

सबैभन्दा बढी फिना अंकका आधारमा खेलाडी छनोट गरिने पौडी संघले जनाएको छ।

सोही प्रतियोगिता संगसगै उमेरसमूहका प्रतिस्पर्धा पनि हुनेछ। करिब ३ सय खेलाडी सहभागिता अनुमान गरिएको प्रतियोगिताका खेलहरु हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलको पौडी पोखरीमा हुनेछ।



खुला राष्ट्रिय पौडी प्रतियोगिता जेठमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट