PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रदेश ५ मा नयाँ वर्षमा नयाँ अभियान ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’



चन्द्रकान्त खनाल

प्रदेश ५ मा नयाँ वर्षमा नयाँ अभियान ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’

रुपन्देहीः प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोखरेलले सरकारी अस्पताल र स्वास्थ्य सस्थाहरुलाई बढी जिम्मेवार र जवाफदेही बनाउनु पर्ने बताएका छन्। उनले सरकारी अस्पताल स्वास्थ्यसेवा दुब्लाउने तर निजी अस्पताल र स्वास्थ्य संस्थामा फष्टाउने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन्। 

सरकारी अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरूको कारण  भित्रका दुब्लाउने र बाहिरका फष्टाएका छन् यो अवस्थाको अन्त्य गरी सर्वसाधारणले सर्वसुलभ सेवापाउने बेबस्था मिलाउनु पर्ने बताए।  

मुख्यमन्त्री पोखरेलले प्रदेश ५ मा ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधारः जनजनमा स्वास्थ्य पहुँच हाम्रो अभियान’को शुभारम्भ समेत गरेका छन्। बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालबाट अभियानको सुरु गर्दै मुख्यमन्त्रि पोखरेलले सरकारी अस्पतालमा भएका साधन श्रोत र जनशक्तिको अत्यधिक सदुयोग गरेर जनतालाई सेवा दिन निर्देशनसमेत दिए।

मुख्यमन्त्री पोखरेलले गरिब जनतालाई सेवा दिने सरकारी अस्पतालका उपकरणलाई यो या त्यो बहानामा प्रयोग विहीन नगर्न पनि स्वास्थ्यकर्मीहरूलाई आग्रह  गरे। उनले प्रदेशस्तरीय अस्पतालले सम्पूर्ण सेवा दिने वातावरण मिलाउन समेत निर्देशन दिए। उपचारको अभावमा कोही पनि बाहिरी प्रदेश जानुपर्ने बाध्यता हटाउन समेत उनले आग्रह गरे। त्यसका लागि लागि प्रदेश सरकारको तर्फबाट सहयोगको प्रतिबद्धतासमेत उनले जनाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell