PahiloPost

Dec 19, 2018 | ४ पुष २०७५


सञ्जय स्मृति मिनी म्याराथनको उपाधि रूकुमका दुर्गाराज बूढालार्इ 


पहिलोपोस्ट

सञ्जय स्मृति मिनी म्याराथनको उपाधि रूकुमका दुर्गाराज बूढालार्इ 

प्युठान: अल्ट्राधावक एवं पर्वतारोही सञ्जय पण्डितको स्मृतिमा आयोजित प्रतियोगिता प्रथम सञ्जय स्मृति मिनी म्याराथुन दौड प्रतियोगिताको उपाधि दुर्गाराज बुढाले जितेका छन्। मदन भण्डारी स्पोर्टस ऐकेडेमी प्युठानले नयाँ वर्षको अवसर पारेर आयोजना गरेको प्रतियोगितामा ४९ जना प्रतिस्पर्धीलार्इ पछाडि पार्दै रुकुमको साख गाउँपालिका ५ का दुर्गाराज बुढाले उपाधि जितेका हुन्। 

उनले १५ किलोमिटरको दुरी ५७ मिनेट ६ सेकेण्डमा पार गरेका थिए।

त्यस्तै ५८ मिनेट ८ सेकेण्डमा सोही दुरी पार गर्दै नेपाली सेनाका जनक चन्द दोस्रो भएका छन्। तेस्रो हुने प्युठान स्याउलिवाङका रुपलाल बुढामगरले  ५८ मिनेट ५७ सेकेण्डमा दुरी पार गरेका थिए। 

कार्यक्रममा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेहरुलाई क्रमशः नगद ३० हजार, २० हजार र १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। 

त्यस्तै उत्कृष्ट ७ भित्र परेका अन्य चार प्रतियोगी निमवाङ तामाङ, दामोदर बुढामगर,हिरा कुमाल र कृष्ण बुढालाई प्रोत्साहन स्वरूप नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको मदन भण्डारी स्पोट्रस एकेडेमी प्युठानका अध्यक्ष युवराज केसीले जानकारी दिए।

शनिवार बिहान जिल्लाको चकचके देखि बाग्दुला बजार सम्मको १५ किलोमिटर दुरीमा प्रतियोगिता आयोजना गरिएको थियो।



सञ्जय स्मृति मिनी म्याराथनको उपाधि रूकुमका दुर्गाराज बूढालार्इ  को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट