PahiloPost

Sep 20, 2018 | ४ असोज २०७५

आइपीएल : ज्यासन रोएको ९१ रनमा दिल्ली विजयी, मुम्बईको लगातार तेस्रो हार


पहिलोपोस्ट

आइपीएल : ज्यासन रोएको ९१ रनमा दिल्ली विजयी, मुम्बईको लगातार तेस्रो हार

काठमाडौं : ज्यासन रोएले डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेपछि दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपीएल)को ११औँ सिजनमा पहिलो जित हात पारेको छ।

रोएले दिल्लीको लागि पहिलो खेलमा ओपनिङ गर्दै नटआउट ९१ रन बनाएपछि मुम्बईलाई ७ विकेटले पराजित गरेको हो। दिल्ली पहिलो खेलमा पञ्जाव तथा दोस्रो खेलमा राजस्थानसँग पराजित भएको थियो। उता सिजनको पहिलो खेलमै चेन्नाईसँग पराजित भएको मुम्बई दोस्रो खेलमा हैदरावादसँग हारेको थियो।

पहिलो जित हात पार्ने क्रममा दिल्लीले मुम्बईले दिएको १९५ रनको लक्ष्य अन्तिम बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो। ओपनिङ देखि अन्तिम बल सम्म खेलेका रोएले ५३ बलमा ६ चौका र ६ छक्का प्रहार गरे।

रोएले पहिलो विकेटका लागि कप्तान गौतम गम्भिरसँग ५० तथा दोस्रो विकेटका लागि रिसव पन्तसँग ६९ रनको साझेदारी गरे। गम्भिर १५ रन बनाएर आउट भए। आक्रमक ब्याटिङ गरेका पन्तले २५ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतमा ४७ रनको योगदान गरे। ग्लेन म्याक्सवेलले ६ बल खेल्दै समान १ चौका र १ छक्का प्रहार गर्दै १३ रन जोडे।

रोएले चौथो विकेटका लागि श्रेयस अएरसँग नटआउट ६० रनको साझेदारी गरे। श्रेयस अएरले २० बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा नटआउट २७ रन बनाए। मुम्बईका क्रुनल पाण्ड्याले ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिए।

त्यसअघि वानखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली मुम्बईले शानदार सुरुवात गरेपनि फिनिसिङ राम्रो गर्न नसक्दा २० ओभरमा ६ विकेट गुमाएर १९४ रन बनाएको थियो।

सूर्य कुमार यादवले एभिन लेविससँग ओपनिङ गर्दै पहिलो विकेटका लागि ९ ओभरमै १०२ रनको साझेदारी गरेका थिए। तर २८ बल खेल्दै समान ४ चौका र छक्का प्रहार गर्दै ४८ रन बनाए लेविस आउट भएपछि मुम्बईले विकेट गुमाउन थाल्यो।

यादवले ३२ बलमा ७ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ५३ रन बनाए। यस्तै इसन किसनले २३ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा ४४ रन जोडे। कप्तान रोहित शर्मा १८ तथा क्रुनल पाण्ड्या ११ रन बनाएर आउट भए। बलिङमा दिल्लीका ट्रेन्ट बोल्ट, ड्यान क्रिस्टियन र राहुल टेवाटियाले २-२ विकेट लिए।



आइपीएल : ज्यासन रोएको ९१ रनमा दिल्ली विजयी, मुम्बईको लगातार तेस्रो हार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट