PahiloPost

Dec 13, 2018 | २७ मंसिर २०७५


आइपीएल : सनराइजर्स हैदरावादको लगातार तेस्रो जित


पहिलोपोस्ट

आइपीएल : सनराइजर्स हैदरावादको लगातार तेस्रो जित

काठमाडौं : इन्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदरावादले लगातार तेस्रो जित हात पारेको छ। कोलकताका पूर्व खेलाडी शकिब अल हशनको अलराउण्ड प्रदर्शन तथा कप्तान केन विलियमसनको अर्धशतक मद्दतमा हैदरावादले कोलकता नाइट राइडर्सलाई ५ विकेटले हरायो।

कोलकताले दिएको १३९ रनको लक्ष्य हैदरावादले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो।

हैदरावादलका लागि कप्तान विलियमसनले ४४ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा ५० रन बनाए। यस्तै शकिबले २१ बलमा २७ रन जोडे भने ऋद्दिमन शाहले २४ रन बनाए। बलिङमा कोलकताका सुनिल नारिनले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए।

त्यसअघि टस हारेर घरेलु मैदान एडेन गार्डेनमा पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनाएको थियो। कोलकताका लागि क्रिस लानले सर्वाधिक ४९ रन बनाए भने कप्तान दिनेश कार्तिकले २७ रन जोडे। हैदरावादका भुवनेश्वर कुमारले ३ तथा बिल्ली स्टानलाके र शकिबले २-२ विकेट लिए।



आइपीएल : सनराइजर्स हैदरावादको लगातार तेस्रो जित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट