PahiloPost

Dec 13, 2018 | २७ मंसिर २०७५


सितारको धुनको एल्बम ‘जर्नी अफ फ्रेट्स’ सार्वजनिक


पहिलोपोस्ट

सितारको धुनको एल्बम ‘जर्नी अफ फ्रेट्स’ सार्वजनिक

काठमाडौं: सितारवादक सिता मैया राजचलले सितारको धुनका लागि भिडियो बनाएकी छिन्। ‘जर्नी अफ फ्रेट्स’ नामक एल्बम र एल्बममा समावेश ‘रोज गार्डेन’ नामक धुनको भिडियो शुक्रबार सार्वजनिक गरिएको हो। 

सितारवादनका तिन एल्बम बजारमा ल्याइसकेकी सिताले गीत र म्युजिक भिडियोको बजार राम्रो भएको समयमा सितारवादनको एल्बम निकाल्नु फाइदाको कुरा नभएको बताइन्। ‘म आफ्नोतर्फबाट यसको उत्थानमा लाग्न चाहन्छु।’ 

ललितकला क्याम्पसमा ६ वर्ष भन्दा बढी अध्यापन गराएकी सिता पछिल्लो समय ’संगीत थेरापी’ समेत दिन्छिन्। ’संगीत केवल मनोरञ्नको साधन मात्र होइन’ भन्ने हेतुले उनले यसैमाध्यम मार्फत विभिन्न रोगको उपचार समेत सुरु गरेकी हुन्। 

सिताको यसअघि सन् २००४ मा परम्परा र सन् २०१२ मा टकिङ स्ट्रिङस नामक धुन संग्रह रिलिज गराएकी छिन्।

एल्बम ’जर्नी अफ फ्रेट्स’ मा आठ धुन संग्रहित छन्। यसमा वर्षा, द जर्नी, नटी माइण्ड, रोज गार्डेन, स्टेला अन ड्रिम, रि युनियन, मिष्ट्री लभ र द बाउन्डलेस फ्लाइट समावेश छन्। 

उनले नयाँ वर्षलाई लक्षित गर्दै एल्बममा रहेको रोज गार्डेनको भिडियो समेत सार्वजनिक गरेकी हुन्। भिडियोमा प्रियंका कार्की , देव राउत र सर्वेश सुवाल फिचर्ड छन्। यसमा प्रकाश तुलाधरको सम्पादन, बुद्ध थापाको छायाँकन रहेको छ। भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् भने यसलाई प्रतिमा थापाले निर्माण गरेकी हुन्। 

धुन ’रोज गार्डेन’को कम्पोजर र एरेन्जर जुगल डंगोल हुन् । यसमा गितारमा अनुप दास, बाँसुरीमा नगेन्द्र राई, तबलामा लक्ष्मीप्रसाद डंगोल र मुर्चुङ्गामा थोमस बर्ची रहेका छन्।



सितारको धुनको एल्बम ‘जर्नी अफ फ्रेट्स’ सार्वजनिक को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट