PahiloPost

Apr 26, 2018 | १३ बैशाख २०७५

मृत्युपछि पूरा भयो श्रीदेवीको सपना


मृत्युपछि पूरा भयो श्रीदेवीको सपना
स्वर्गीय अभिनेत्री श्रीदेवी अभिनित 'मम' यो वर्ष सर्वोत्कृष्ट घोषित भयो। उनको यो पहिलो राष्ट्रिय अवार्ड हो।

५० वर्ष लामो बलिउड करियरमा उनले बाल कलाकारदेखि फिल्म 'मम'सम्म अभिनय गरिन्। तर पहिलोपटक राष्ट्रिय अवार्ड पाइन् त्यो पनि मृत्युपछि। सन् २०१३ मा भारत सरकारको पद्मश्री पुरस्कार पाएपनि नेसनल अवार्ड पाएकी थिइनन्। 

एक अन्तर्वातामा उनले नेसनल अवार्ड हात पार्ने लक्ष्य रहेको बताएकी थिइन्। भनेकी थिइन्,'राष्ट्रिय अवार्ड जित्नु सबैको सपना हुन्छ। तर मान्छेले चाहेको सबै पुरा नहुन पनि त सक्छ।'

२०१७ जुलाई १७ मा रिलिज मममा उनले सौतेनी छोरीको बलात्कार भएपछि न्याय दिलाउन लड्ने आमाको भूमिका निर्वाह गरेकी छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट