
दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड बेस्टब्रोमसँग पराजित भएपछि लिग लिडर म्यानचेष्टर सिटीले ५ खेल बाँकी छदै प्रिमियर लिगको उपाधि जितेको छ।
आइतवार घरेलु मैदानमै युनाइटेड वेष्टब्रोमसँग १-० ले पराजित भएको हो। बेस्टब्रोमलाई जित दिलाउन जे रोड्रिगेजले ७३औँ मिनेटमा निर्णायक गोल गरे।
युनाइटेड हारेपछि सिटीले युनाइटेडमाथि १६ अंकको अग्रता कायम गर्दै उपाधि जितेको हो। अब युनाइटेडले बाँकी ५ खेल जितेपनि सिटी (८७ अंक) लाई भेट्ने छैन।
समान ३३ खेलपछि सिटीको ८७ अंक छ भने युनाइटेडको ७१ अंक छ।
म्यानेजर पेप गोर्डिओलाले सिटी सम्हालेपछि पहिलो प्रिमियर लिग उपाधि जितेका छन्। उनले यसअघि स्पेनको बार्सिलोना र जर्मनीको वायर्न म्युनिखबाट लिग जितेका थिए।
उता एक गोलको अग्रता जोगाउन नसक्दा आर्सनल न्युकासल युनाइटेडसँग २-१ ले पराजित भयो।
एलेक्जान्डर लाजाकाटेले १४औँ मिनेटमा गोल गर्दै लण्डन क्लबलाई अग्रता दिलाएका थिए।
तर घरेलु मैदानमा आयोज पेरेज र म्याट रिचीले गोल गर्दै न्युकासललाई जित दिलाए।