PahiloPost

Aug 20, 2018 | ४ भदौ २०७५

देउवाले भने, अधिनायकवाद सुरु भइसक्यो, अब विकास गर्छन् अधिनायकवादको


देउवाले भने, अधिनायकवाद सुरु भइसक्यो, अब विकास गर्छन् अधिनायकवादको
फाइल फोटो

चितवन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको र अब त्यसैको विकास गर्ने बताएका छन्। 

भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको आरोप लगाए। 

देउवाले भने, “सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद शुरु भइसक्यो । मनोमानी बढ्यो ।” अर्काे प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने, “अब विकास गर्छन्, अधिनायकवादको ।” 

कांग्रेसले चुनाव प्रचारका क्रममा वाम गठबन्धनले अधिनायकवाद ल्याउने प्रचार गरेको थियो। निर्वाचनपछि देउवाले पहिलो पटक अधिनायकवादबारे बोलेका हुन्। 

सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उनले काम हेर्ने बताउनुभयो। “शुरुकै कामबाट धड्काधड्की विकास भएको छ,” उहाँले व्यङ्ग्य गर्दै भने, “कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।” 

पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उनले दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक भएको बताए। उनले प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि काँग्रेस लडिरहने बताए। रासस 



देउवाले भने, अधिनायकवाद सुरु भइसक्यो, अब विकास गर्छन् अधिनायकवादको को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट