PahiloPost

Oct 19, 2018 | २ कात्तिक २०७५


राजपा संसदीय दलको विधान तयार : महन्थ ठाकुर विरामी परेपछि बैठक अन्यौल


बीपी साह

राजपा संसदीय दलको विधान तयार : महन्थ ठाकुर विरामी परेपछि बैठक अन्यौल

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दलको निर्वाचनका लागि संसदीय दलको विधान तयार पारेको छ।

राजपाका सहअध्यक्ष एवं प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले विधान तयार पारेर अध्यक्ष मण्डललाई बुझाएको छ। उक्त विधान अनुमोदनका लागि ८ गते राजनीतिक समितिको बैठक बोलाइएको छ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संसदीय दलको निर्वाचन सम्बन्धी विधान आफुले तयार पारेर जिम्मा लगाइसकेको कर्णले पहिलोपोस्टलाई जानकारी दिए।

यता राजपाका संयोजक महन्थ ठाकुर सिकिस्त विरामी भएपछि राजपाको राजनीतिक समिति र अध्यक्ष मण्डलेको बैठक अन्यौलमा परेको छ।
सात वर्ष पहिले संयोजक ठाकुरको मुटुमा पेसमेकर लगाइएको थियो। नियमित ६/६ महिनापछि फलोअप हुँदै आएको थियो । तर, आन्दोलन र निर्वाचनका कारण ठाकुरले लामो समयदेखि जाँच गराउन सकेका थिएनन् । 

ठाकुरमा गम्भीर समस्या देखा परेको उनको सचिवालयले जनाएको छ। गत शुक्रबारदेखि दिल्लीस्थित मेदान्ता अस्पतालको आइसीयूमा राखेर उनको उपचार भइरहेको छ। उनको अवस्था सुधारोन्मुख भएकाले केही दिनभित्रै डिस्चार्ज गर्ने तयारी भइरहेको ठाकुरको स्वकीय सचिव सतेन्द्र मिश्राले पहिलोपोस्टलाई बताए।



राजपा संसदीय दलको विधान तयार : महन्थ ठाकुर विरामी परेपछि बैठक अन्यौल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट