PahiloPost

Jul 18, 2018 | २ साउन २०७५

'चङ्गा'को 'कम्पनी माला' रिलिज


पहिलोपोस्ट /पहिलोपोस्ट

'चङ्गा'को 'कम्पनी माला' रिलिज

काठमाडौं: फिल्म ‘चङ्गा’ को पहिलो गीत रिलिज भएको छ। प्रचारप्रसारको लागि फिल्म युनिटले ‘कम्पनी माला’ बोलको गीत भिडियोसहित युट्युब रिलिज गरेको हो।

सार्वजनिक गीतमा राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वर रहेको छ। राजनराज स्वयंमले संगीत दिएको गीतमा राजेन्द्र थापाको शब्द रहेको छ।

मुख्य कलाकारहरु फिचर्ड गीतको भिडियोमा कोरियोग्राफी कविराज गहतराजको छ। एरेञ्जको काम शैलेन्द्र प्रधानले गरेका छन्। निर्देशक किशोर भण्डारी ‘डिट्ठासाब’ले सार्वजनिक गीतलाई फिल्मको कथा र परिवेश सुहाउँदो रहेको बताए।

फिल्ममा बुद्धि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारी ‘चङ्गा’मा लिड अभिनयमा छन्। निर्देशक भण्डारीकै कथा समावेश फिल्मको निर्मात्री कलाकार समेत रहेकी रेश्मा नै हुन्। 



'चङ्गा'को 'कम्पनी माला' रिलिज को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट