PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रातो मच्छिन्द्रनाथको रथारोहणका १४ दृश्य, बिहीबारदेखि रथयात्रा

रातो मच्छिन्द्रनाथको रथारोहणका १४ दृश्य, बिहीबारदेखि रथयात्रा


काठमाडौँ : नेपालको सबैभन्दा लामो जात्राका रुपमा परिचित रातो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ। रथ यात्रा बिहीबारदेखि सुरु हुने भए पनि आज रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथारोहण गरिएको छ। 

वैशाख शुक्ल प्रतिपदाको साइतमा आज साँझ ७ बजे देवतालाई रथमा राखिएको हो। पानेजुहरुले देवतालाई रथमा चढाएको मच्छिन्द्रनाथका मूल पूजारी कपिल गुरुजुले बताए। 

राससका अनुसार वैशाख कृष्ण पक्षभर मच्छिन्द्रनाथको दश कर्म सकिएपछि आज देवतालाई रथमा राखिएको हो। 

भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका गुरु बन्दुदत्त बज्राचार्य र ललितपुरका ललित रथचक्र कृषकले मिलेर मच्छेन्द्रनाथ ल्याएको स्मरणमा जात्रा मनाइने गरिएको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशी बताउँछन्। हेर्नुस् रथारोहणका केही दृश्य 

 


ट्रेन्डिङ पोस्ट

Ncell