PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

जुत्तामा ६० तोला सुन, पक्राउ परे भारतीय नागरिक



जुत्तामा ६० तोला सुन, पक्राउ परे भारतीय नागरिक

काठमाडौँ : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० तोला सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

फ्लाई दुबईको एफजे ८०१७ नम्बरको उडानबाट नेपाल आएका भारतीय राहदानीवाहक रहमान सरफराजले जुत्तामा ६० तोला सुन लुकाएर लग्न खोजेका थिए। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

नेपालको कानुन अनुसार विदेशबाट नेपाल आउने नेपाली, गैरआवासीय नेपाली वा विदेशी कुनै पनि यात्रुले सुन तथा चाँदी ल्याउन पाउँदैनन्। तर नेपाली र गैर आवासीय नेपालीले सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित सुनका वा चाँदीका गहना लिई आउन पाउँछन्।

विदेशी यात्रुको हकमा सुनको गहना पचास ग्रामसम्म र चाँदीको गहना सय ग्रामसम्म लिई आउन पाउने व्यवस्था छ। यसरी साथमा लिई आउन पाउने परिमाणसम्मको गहना ल्याउँदा कुनै पनि महसुल लाग्दैन।  

काँचो सुन वा चाँदीको हकमा कुनै पनि यात्रुले महसुल तिरेर पनि ल्याउन नपाउने र ल्याएको फेला परेमा त्यस्तो सुन वा चाँदी जफत गरी त्यसको मूल्य बराबर जरिवाना र १० लाखभन्दा रुपैयाँभन्दा बढी मूल्यको सुन वा चाँदी फेला परेमा कैद समेत हुने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell