PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फुटबलर दीपेशको चोरी धन्दा : अनलाइनबाट बेच्थे सामान



सविन ढकाल

फुटबलर दीपेशको चोरी धन्दा : अनलाइनबाट बेच्थे सामान

काठमाडौ : पूर्व फूटबल खेलाडीलाई चोरीको सामाग्री बेच्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ। सरस्वती क्लबका पूर्व कप्तान दीपेश श्रेष्ठलाई बुधवार महानगरीय प्रहरी वृत्त बौद्ध र कपन प्रभागको संयुक्त टोलीले पक्राउ गरेको हो।
 
खेलाडी श्रेष्ठ केही समयदेखि भने प्रशिक्षकका रुपमा काम गर्दै आएका छन्। चोरी गरेर ल्याएका ल्यापटप, मोबाइल लगायतका सामाग्री श्रेष्ठले अनलाइन मार्फत् बिक्री गर्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। 

एसएसपी पोखरेलले भने, 'चोरले चोरी गरेर सामान श्रेष्ठलाई दिने र श्रेष्ठले विभिन्न अनलाइनमा राखेर सामान बिक्री गरेको देखियो।'

पूर्व खेलाडी श्रेष्ठको कोठाबाट प्रहरीले ३३ थान मोबाइल, आइफोन - आइप्याड २ थान,  विभिन्न कम्पनीका टिभी,  नेपाली ४३ हजार ५ सय रुपैयाँ बरामद गरेको छ। श्रेष्ठ नेपाल पुलिस क्लब लगायत क्लबबाट ए डिभिजन खेलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका श्रेष्ठले विगत ३ महिना देखि चोरीको सामान बिक्री गर्ने गरेको बताएका छन्। '३ महिनादेखि अनलाइनमा सामान राखेर बिक्री गरेको हुँ,' उनले बयानमा भनेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell