PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ट्रकले बसलाई ठक्कर दिँदा १३ घाइते, तीनको अवस्था गम्भीर



पहिलोपोस्ट

ट्रकले बसलाई ठक्कर दिँदा १३ घाइते, तीनको अवस्था गम्भीर

चितवनः काठमाडौँबाट प्यूठान र वीरगञ्ज जान आउँदै गरेका दुई यात्रुबाहक बसलाई आज बिहान नौ किलोमा विपरीत दिशाबाट जाँदै गरेको ट्रकले ठक्कर दिँदा १३ जना घाइते भएका छन्।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ मा आज बिहान ३ः२० बजे दुर्घटना भएको हो।

काठमाडौँबाट प्यूठान जान आउँदै गरेको ना ४ ख ६५९१ नंको बस र काठमाडौँबाट वीरगञ्ज जान आउँदै गरेको ना ७ ख ५०२३ नंको बसलाई भैरहवाबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ५२९४ नम्बरको ट्रकले ठक्कर दिएको हो।

दुर्घटनामा परी प्यूठानतर्फ जान आउँदै गरेको बसका चालकसहित १२ यात्रु घाइते भएका छन्। यस्तै ट्रकका चालक पनि घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको चितवन मेडिकल कलेज र ११ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

गम्भीर घाइते हुनेमा ट्रक चालक कपिलवस्तु चिरुरीका ४१ वर्षीय कृष्ण चौधरी र बसका यात्रु प्यूठान खलंगाकी ६० वर्षीया सावीदेवी घर्तीमगर र प्यूठानकै नौगिरीटारकी २७ वर्षीया पवित्रा घर्तीमगर रहेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell