PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चीनसँग नेपालको प्राथमिकता 'क्रस बोर्डर रेलवे': पराराष्ट्रमन्त्री ज्ञवाली



पहिलोपोस्ट

चीनसँग नेपालको प्राथमिकता 'क्रस बोर्डर रेलवे': पराराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं: परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल चीनबीच क्रस बोर्डर रेलवे विकास नेपाल सरकारको प्रथामिकता रहेको बताएका छन्।
 
चीनको सिचुआन प्रान्तमा रहेको सिचुवान विश्वविद्यालयमा आयोजित नेपाल चीन सम्बन्ध र ट्रान्स हिमालय क्षेत्रको विकासको अवधारणा विषयक कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीचको कनेक्टिभिटिका बहुआयामिक विकाससँगै अन्तरदेशीय रेलमार्गको विकास नेपाल सरकारको प्राथमिकतामा रहेको बताए। 

भौगोलिक दृष्टिमा निकटता र हिमालय क्षेत्रमा प्रस्तावित परियोजनाहरुमा दुई देश मिलेर काम गर्ने उनको भनाई थियो। ‘हाम्रा भौगोलिक निकटता र साझेदारी हाम्रो आर्थिक विकासका कामलाई थप उचाइमा पुराउने छन्,’ उनले भने, ‘चीनको उत्पादान, प्रविधि र ठूलो घरेलु बजारसँगै नेपालको प्राकृतिक सम्पन्नता, भौगोलिक तथा हाम्रो स्थानीय स्रोतले साझा मूल्य र आर्थिक विकासमा सहयोग गर्छ भन्ने मेरो विस्वास रहेको छ।’ 

उनले कृषि क्षेत्रमा देशबीच साझेदारीको ठूलो क्षेत्र रहेको बताए। चिनियाँ कृषि प्रविधि नेपालमा भित्राएर उत्पादनसँगै आयमा समेत वृद्धि गर्न सकिने उनको भनाई थियो। भौगोलिक समानात भएको नेपालले चिनियाँ अनुभवबाट कृषि क्षेत्रको विकास गर्न सक्ने बताए। 

परराष्ट्रमन्त्री ज्ञवालीले चीनले वेल्ट एण्ड रोड इनिसियटीभ (बीआरआई) सुरु गरेकोमा धन्यवाद समेत दिए। उनले बीआरआईले दुई देशबीचको सांस्कृतिक तथा व्यापारिक आदानप्रदानको सम्पन्न इतिहासलाई पुनः स्थापित र कायकल्प गरिदिएको बताए।

‘शान्ति समृद्धि र सदासयता कायम गर्ने चीनको ऐतिहासिक अभियानमा सँगै काम गर्न पाउनु नेपालका लागि गर्वको विषय हो,’ उनले भने, ‘क्रस बोर्डर रोडवे, रेलवे, इन्धन पाइपलाइन, सूचना राजमार्ग, इनर्जी ग्रिड, हवाई मार्गलगायतका बीआरआई अन्तर्गत प्रस्तावित योजनाहरुको उद्देश्य लामो हिमालय श्रृङ्खलाका प्रचुर स्रोतहरुको उपयोग र यस क्षेत्रका मानिसहरुको जीवन स्तर उकास्न केन्द्रीत हुनुपर्छ।’  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell