PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एनएफडिसी अवार्ड २०७४ का लागि मनोनयन सार्वजनिक



पहिलोपोस्ट

एनएफडिसी अवार्ड २०७४ का लागि मनोनयन सार्वजनिक

काठमाडौं: नेपाल चलचित्र विकास कम्पनी र गोपीकृष्ण मुभिजले आयोजना गर्दै आएको 'एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७४' का लागि उत्कृष्ट ५ मनोनयन सार्वजनिक भएको छ।

'हिजोलाई सम्मान आजलाई प्रोत्साहन भोलिलाई उत्थान' कार्यक्रमको मुल नारा हो। चार वर्षयता वितरण हुँदै आएको अवार्ड कार्यक्रमको छैठौं संस्करणमा नेपाल सरकार चलचित्र ऐन २०२६ तथा चलचित्र नियमावली २०५७ बमोजिम निर्माण भई केन्द्रीय चलचित्र जाँच समितिबाट जाँचपास भई २०७४ वैशाख १ गतेदेखि २०७४ चैत्र मसान्तसम्म नेपालका कम्तिमा ५ वटा चलचित्र घरहरूमा व्यवसायिकरूपमा प्रदर्शनमा आएका ८३ चलचित्र तथा उक्त चलचित्रमा संलग्न एवं सहभागी कलाकारहरू तथा प्राविधिज्ञहरू राष्ट्रिय चलचित्र पुरस्कारका लागि छनोट प्रक्रियामा सामेल गरिएका छन्। उक्त कार्यक्रमका लागि २३ विधाका ५ उत्कृष्ट नाम घोषणा गरिएको हो। 

यो वर्ष सर्वोत्कृष्ट ध्वनि पुन:मुद्रण, पार्श्व संगीत, सर्वोत्कृष्ट संगीतकार, पार्श्व गायन, उत्कृष्ट नृत्य निर्देशक, द्वन्द्व निर्देशक, निर्देशक, सम्पादक, छायाकार, सर्वोत्कृष्ट लेखन, उत्कृष्ट नवनायिका, नवनायक, उत्कृष्ट सहअभिनेत्री, सहअभिनेता, उत्कृष्ट अभिनेत्री, अभिनेता, निर्देशक, सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार, सर्वोत्कृष्ट व्यवसायिक फिल्म र क्रिटिक्स अवार्ड पनि दिइने बताइएको छ।

अवार्डका विधाहरुलाई कला क्षेत्रकै स्रष्टा-सर्जकको नाममा नामकरण गरिएको छ। अवार्डका लागि संगीतकर्मी शुभबहादुर सुनाम संयोजक रहेका छन्। त्यस्तै निर्णायक मण्डलमा वरिष्ठ छायाँकार मञ्जुकुमार श्रेष्ठ, वरिष्ठ साउण्ड इन्जिनियर प्रदिप उपाध्याय र चैत्यदेवि सिंह छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell