PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पार्टी एकताको सन्देश दिँदै ओली–दाहाल, तोकिएला एकीकरणको मिति?



पहिलोपोस्ट

पार्टी एकताको सन्देश दिँदै ओली–दाहाल, तोकिएला एकीकरणको मिति?

काठमाडौँः वैशाख ९ गते पार्टी एकता गर्ने सम्भावित मिति टरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकै मञ्चबाट एकता सन्देशको तयारी गरेका छन्। पार्टी एकता संयोजन समितिले लेनिन जयन्ती तथा कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा दुबै नेताले सम्बोधन गर्नेछन्। 

सम्बोधनमा दुबै अध्यक्षले पार्टी एकताका लागि साझा प्रतिबद्धता व्यक्त गर्नेछन्। 

वैशाख ९ (आज) मा लेनिन जयन्ती तथा कम्युष्टि पार्टी स्थापनाका अवसरमा पार्टी एकीकृत हुने पूर्व तयारी गरिए पनि सम्भव नभएपछि दुई अध्यक्षले आइतबार एउटै मञ्चबाट कार्यकर्ताबीच एकताको सन्देश दिन लागेका हुन्। दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने कार्यक्रमबाट पार्टी एकीकरणको मिति घोषणा हुने समेत कतिपयले आकलन गरेका छन्। 

दुई दलबीच सातबुँदै सहमति भएपछि वैशाख ९ गतेको मितिलाई लक्षित गरी एकीकरणको तयारी भएको थियो। 

तर, दुई दलबीचमा एकीकृत पार्टीको विधानको प्रस्तावना, सांगठनिक प्रतिनिधित्व, चुनाव चिह्न लगायतका विषयमा विवाद भएपछि वैशाख ९ को मिति टरेको हो। 

माओवादीले विधानको प्रस्तावनामा जनयुद्ध शब्दलाई समेट्नु पर्ने माग गरेको छ। एमालेले मागलाई अस्वीकार गरेको छ। संगठनमा ५०–५० प्रतिशत सहभागिता रहनुपर्ने माओवादीको प्रस्तावमा पनि एमाले सकारात्मक छैन। एकीकृत पार्टीको चुनाव चिह्नमा पनि दुबै दलले आ–आफ्ना अडान कायम राखेका छन्। पछिल्लो समय दुई अध्यक्षबीच एकीकृत पार्टीको चुनाव चिह्न पनि सूर्य नै हुने सहमति भएको बताइए पनि औपचारिक रूपमा घोषणा भइसकेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell