PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फ्लोरमा 'बादशाह जुट'



पहिलोपोस्ट

फ्लोरमा 'बादशाह जुट'

काठमाडौं: फिल्म 'बादशाह जुट'को छायाँकन सुरु भएको छ। शनिबार काठमाडौंबाट सुटिङ सुरु भएको हो। फिल्म पोखरा र मुम्बईमा पनि खिचिने बताइएको छ।

जोनी सिंह राणाले निर्देशन गरिरहेको फिल्ममा सुशील श्रेष्ठ, आमिर गौतम, केइसा रावत, रोशी खड्का, रश्मि पाण्डे, रोबिन तामाङ लगायतका कलाकारको अभिनय रहनेछ।

'बादशाह जुट'मा एच एण्ड बी फिल्मससँग गोल्डेन ग्रेप्स फिल्म एण्ड इन्टरटेनमेन्टले सहकार्य गरेको छ। फिल्म २ घण्टा ९ मिनेट लामो हुनेछ। अभिषेक कुमार सैनी लिखित फिल्म कमेडी, एक्सन, रोमान्स र थ्रिलर जनराको हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell