PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ठूलो परिमाणको डलर र युआनसहित विमानस्थलबाट समातिए चिनियाँ



पहिलोपोस्ट

ठूलो परिमाणको डलर र युआनसहित विमानस्थलबाट समातिए चिनियाँ
प्रतीकात्मक फोटो: scmp.com

काठमाडौं : प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणमा विदेशी मुद्रा सहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिकलाई ३८ हजार एक सय युआन र १९ हजार ९ सय अमेरिकी डलर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ। बंगलादेशको फ्याइट नम्बर बीइ ०७२ बाट बंगलादेश जान लागेको अवस्थामा पक्राउ गरेको हो। 

चिनियाँ नागरिकसँग समातिएको रकम युआनको विनिमय दरअनुसार ६ लाख ३८ हजार र डलरको २० लाख ८९ हजार नेपाली रुपैयाँ हुन आउँछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell