PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ला लिगा : एट्लेटिको पुन: बराबरीमा रोकियो, बार्सिलोना उपाधिबाट १ अंक टाढा



पहिलोपोस्ट

ला लिगा : एट्लेटिको पुन: बराबरीमा रोकियो, बार्सिलोना उपाधिबाट १ अंक टाढा

स्पानिस ला लिगामा दोस्रो स्थानको एट्लेटिको मड्रिड बराबरीमा रोकिदाँ शीर्ष स्थानको बार्सिलोनाको उपाधि यात्रा सहज बनेको छ।

गएराती भएको खेलमा एट्लेटिको घरेलु मैदानमै रियल बेटिससँग गोलरहित बराबरीमा रोकियो।

एट्लेटिको बराबरीमा रोकिएपछि अब बार्सिलोनाले १ अंक मात्र जोडेपनि उपाधि जित्नेछ।

३३ खेलबाट ८३ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ। ३४ खेल खेलेको एट्लेटिकोको ७२ अंक छ। अब लिगमा बार्सिलोनाले ५ तथा एट्लेटिकोले ४ खेल खेल्न बाँकी छ। त्यसबाट बार्सिलोनालाई उपाधि जित्न १ अंक नै पर्याप्त हुनेछ।

बार्सिलोनाले आगामी आइतवार डेपोर्टिभा ला कुरानासँग बराबरी खेलेमा उपाधि पक्का गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell