PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कुन्दन काफ्ले समूह उत्रियो देउवाविरुद्ध



पहिलोपोस्ट

कुन्दन काफ्ले समूह उत्रियो देउवाविरुद्ध

काठमाडौं : केन्द्रीय समिति बैठक चलिरहँदा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको एउटा समूह महाधिवेशनको माग गर्दै कार्यालय घेराउ गर्न पुगेको छ।
 
'पार्टी सभापति देउवाबाट पार लाग्दैन। नेविसंघमा झडपको स्थिति आइसक्यो,' विद्यार्थीको नेतृत्व गर्दै पार्टी कार्यालय सानेपा पुगेका नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले महामन्त्री शशांक कोइरालालाई भेट्दै भने, ' यस्तो वेथितिले कसरी हुन्छ?' 

सानेपास्थित पार्टी कार्यलय बाहिर काफ्ले नेतृत्वमा विद्यार्थीको एउटा समूह दवाव दिन उपस्थित छ भने माथिल्लो तल्लामा केन्द्रीय समिति बैठक चलिरहेको छ।

'विधान विरोधी नेतृत्वलाई संरक्षण दिन बन्द गर' भन्दै तल प्रदर्शन भइरहेको छ। नेविसंघ को ४९ स्थापना दिवसमा काफ्ले समूहले लैनचौरमा बेग्लै शुभकामना कार्यक्रम आयोजना गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell