PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘किड्स क्यापिटल–२०१८’को ट्यालेन्ट राउन्ड सम्पन्न



पहिलोपोस्ट

‘किड्स क्यापिटल–२०१८’को ट्यालेन्ट राउन्ड सम्पन्न

काठमाडौं: बालबालिकाहरुको सौन्दर्य प्रतियोगिता ‘किड्स क्यापिटल–२०१८’को ट्यालेन्ट सो सम्पन्न भएको छ। टिएस फिल्म्सको आयोजनामा भएको कार्यक्रममा उनीहरुले प्रतिभा देखाएका हुन्। ट्यालेन्ट सोमा उनीहरुले अभिनय, नृत्य, गायन, कविता वाचन, वतृत्व कला प्रदर्शन गरेका हुन्।

करियोग्रफ़र गम्भिर विष्ट, गायिका मिलन अमात्य, हास्य अभिनेता गोपाल ढकाल 'छन्दे', अभिनेताद्वय बिनोद न्यौपाने, सञ्जित भण्डारी र  ब्युटिसियन रुसुका वैद्यले प्रस्तुत गरिएका प्रस्तिभालाई मूल्यांकन गरे। 

ट्यालेन्ट सोमा सहभागि बालबालिकाहरुले नयाँ नेपाल समाजमा आश्रित असहाय बालबालिकाहरुसँग अन्तरक्रिया पनि गरेका थिए। अन्तरक्रियाका क्रममा किङकम स्र्पोट्स क्लबका अध्यक्ष राजेश खड्गीले समाजका अध्यक्ष कृष्ण गुरुङलाई खेलकुद सामग्री हस्तान्तरण समेत गरे। प्रतियोगितामा ४५ जना बालबालिकाहरुले भाग लिएका छन्।

प्रतियोगिताको ग्राण्ड फिनाले बैशाख १५ गते शनिवार जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell