PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पत्रकार आचारसंहिताबारे एक दिने कार्यशाला



पहिलोपोस्ट

पत्रकार आचारसंहिताबारे एक दिने कार्यशाला

काठमाडौं: चलचित्र पत्रकार संघको आयोजनामा पत्रकार आचारसंहिता, अनलाईन पत्रकारिता र फोटो पत्रकारिता सम्बन्धि १ दिने कार्यशाला सम्पन्न भएको छ। आइतबार भएको कार्यशालामा अनलाइन पत्रकार संघका संस्थापक अध्यक्ष केपी ढुंगाना र फोटो पत्रकार संघका अध्यक्ष विकास कार्कीले प्रशिक्षण दिएका थिए।

अध्यक्ष केपीले कार्यक्रममा सहभागी १ सय १० संचारकर्मीलाई अनलाइन पत्रकारिता र आचारसंहिताबारे प्रशिक्षण दिए भने अध्यक्ष विकासले फोटो पत्रकारितासम्बन्धी प्रशिक्षण दिएका हुन्।

प्रशिक्षकद्वयसँग सहभागी संचारकर्मीले अन्तरक्रिया पनि गरेका थिए। सञ्चारकर्मीले पेशागत मर्यादा बढाउन पत्रकार आचारसंहिता पालनामा जोड दिएका छन्।

कार्यक्रममा पत्रकार आचारसंहिता, अनलाइन पत्रकारिताको विकास र वर्तमान अवस्था, प्रेस कानुन र विद्युतीय कारोबार ऐन, बढ्दो युट्युबकारिता, त्यसको प्रभाव र चुनौती, फोटो खिच्ने कला र कपिराइट कानुन लगायतका विषयमा छलफल भयो।

अर्का प्रशिक्षक विकास कार्कीले फोटो र दृश्य खिच्दा अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिंदै भने ‘कुन अवस्थामा कसरी तस्बिर खिच्ने भन्ने विषयमा फोटो पत्रकार पहिल्यै सजग हुनुपर्छ।’

संघका अध्यक्ष सन्दिप सापकोटाले कार्यक्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमको विश्वसनीयता बढाउन संघले कार्यशालाको आयोजना गरेको बताए। कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell