PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेविसंघ नाटकघर भयो भन्दै देउवालाई काफ्लेको चेतावनी : अब कलेज कलेजमा झडप हुन्छ



पहिलोपोस्ट

नेविसंघ नाटकघर भयो भन्दै देउवालाई काफ्लेको चेतावनी : अब कलेज कलेजमा झडप हुन्छ

काठमाडौं : नेपाल विद्यार्थी संघ(नेविसंघ)का महामन्त्री कुन्दनराज काफ्ले पक्षधरले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १२ ‍औं महाधिवेशन सुनिश्चितता गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ।

कांग्रेसको केन्द्रीय समिति चलिरहेकै बेला नेविसंघले पार्टी मुख्यालय पुगेर देउवालाई ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्र बुझाउँदै महामन्त्री काफ्लेले नेविसंघको वर्तमान नेतृत्वले विधानबाहिर गएर पार्टी बाहिरकालाई आमन्त्रित सदस्य नियुक्त गर्नुका साथै मनपरी गर्न थालेको बताएका छन्।

नेविसंघका अध्यक्ष नैनसिंह महरतिर लक्षित गर्दै उनले यस्तै अवस्था रहिरहने हो भने प्रत्येक कलेजमा नेविसंघ बीच नै झडप हुने चेतावनी दिए। 'कलेज कलेजमै, जिल्ला जिल्लामा झडप हुने अवस्था भयो। माथि त झगडा त छ नै। अब तलसम्मै जाने भयो। नियमावली नभएको कुरा गरेपछि यस्तो हुन्छ,' उनले भने।

आफूले यो गुनासो डा प्रकाशरण महतलाईसमेत सुनाएको काफ्लेले सुनाए। त्यसपछि देउवाले प्रकाशशरण महत खोजेका थिए। प्रकाशशरण नभएको जानकारी दिएपछि ज्ञापनपत्र बुझ्दै देउवा कार्यालयबाट बाहिरिए। ज्ञापनपत्र बुझाउनुअघि समूहले नाराबाजीसहित पार्टी मुख्यालय परिक्रमा गरेको थियो

काफ्लेले बुझाएको ज्ञापनपत्रमा के छ

आज सभापति देउवालाई बुझाएको ज्ञापनपत्रमा विवादित जिल्ला तथा विश्वविद्यालय समितिको अधिवेशन ३ महिनाभित्र गर्नुपर्नेमा २० महिना बित्दा पनि नभएको आरोप लगाएका छन्।

त्यसै गरी अध्यक्ष महर हुकुमी शैलीमा चलेको र भजन मण्डली खडा गरी विधानले नै परिकल्पना नगरेको आमन्त्रित केन्द्रीय सदस्य व्यक्तिगत सल्लाहकार राखी नेविसंघलाइ नाटकघर बनाउने कार्य भएको आरोप लगाएका छन्।

नेविसंघको १२ ‍औं महाधिवेशन नजिकिएकाले यसको सुनिश्चितताको मागसमेत ज्ञापनपत्रमा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell