PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फिल्म प्रचारका लागि ‘ह्याप्पी डेज’को रथ यात्रा

फिल्म प्रचारका लागि ‘ह्याप्पी डेज’को रथ यात्रा


  • रीना मोक्तान -
काठमाडौं: फिल्म ‘ह्याप्पी डेज’ युनिटले काठमाडौंमा रथ यात्रा गरेको छ। कहिले कलाकारलाई बडीगार्ड त कहिले सोनिका रोकाया लिएर मोफसल यात्रा, प्रचार अस्त्रको फरकफरक प्रयोग गर्दै आएका निर्देशक तथा निर्माता मिलन चाम्सले यो पटक रथको प्रयोग गरे। उनले फिल्मका मुख्य कलाकार रथमा राखेर काठमाडौं घुमाएका हुन्।

सोमबार बिहान ह्याप्पी डेज मुख्य अभिनेता सञ्जय गुप्ता र अभिनेत्री प्रियंका कार्की सवार रथले लगनखेलबाट यात्रा सुरु गर्‍यो। त्रिपुरेश्वर, दरबारमार्ग, पुतलीसडक हुँदै भृकुटीमण्डप पुगेको फिल्म युनिटले पत्रकारसँग अन्तर्क्रिया गर्‍यो।

रथ यात्रा सिंहदरबार, माइतीघर, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर हुँदै सातदोबाटोमा पुगेर टुंगियो। निर्देशक मिलन चाम्सले रथ यात्रा बारे भने,'रथ यात्रा दर्शकलाई फिल्म बारे जानकारी दिने राम्रो तरिका हो जस्तो मलाई लागेको छ।' वैशाख १४ गतेबाट फिल्म प्रदर्शनमा आउँदैछ।

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आइको ब्यानरमा निर्मित फिल्ममा दयाहाङ राई, प्रियंका कार्की,  संजय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकलको अभिनय छ।


ट्रेन्डिङ पोस्ट

Ncell